मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सभासद भण्डारीको कार्यशैली पृथक छ: अमेरिकी राजनीतिज्ञहरु

सभासद भण्डारीको कार्यशैली पृथक छ: अमेरिकी राजनीतिज्ञहरु


मेरिल्याण्ड (अमेरिका)- अमेरिकाको मूलधारको राजनीतिमा समाहित भएर हाउस अफ डेलिगेटको रुपमा पहिलो  संसदीय सेसन  सम्पन्न गर्नुभएका सभासद हयारी भण्डारीको लगन,कडा परिश्रम र काम गर्नसक्ने ईच्छा शक्ति मजवुत भएको टिप्पणी अमेरिकी राजनीतिज्ञहरुले गरेका छन् । 
 
बिहीवार मेरिल्याण्डमा आयोजित हयारी भण्डारीको  रिसेप्सन डिनरको अवसरमा सहभागी मेरिल्याण्ड हाउसका सभामुख,सिनटेर तथा डेलिगेट तथा एटर्नी जनरलहरुले भण्डारीको  पहिलो सेसनको  समिक्षागर्दै  कार्यशैलीको प्रशंसा गरेका छन् । मेरिल्याण्ड जनरल एसेम्वलीकी सभामुख एन्ड्रिएन जोन्सले सभासद भण्डारी एउटा फ्रेश्मन डेलिगेटको रुपमा हाउसमा जुन भूमिका खेलेर आफनै स्पोन्सरमा विल पास गर्न सफल हुनुभयो, त्यो महत्वपूर्ण उपलव्धी रहेको चर्चा गर्नुभयो । साथै जोन्सले सभासद भण्डारीको  काम गर्ने ईच्छाशक्ति, जिज्ञासुता, प्रतिबद्धता, साथै पोलिसी  ज्ञानले गर्दा  डेमोक्रेट्स र रिपब्लिकन  बिधायेक सदस्यहरुमा लोकप्रिय रहेको बताउनुभयो।
 
उहाँले अगाडि थप्नु भयो सभासद भण्डारीको अर्को सफलता भनेको  संसदीय वण्ड विल मार्फत संसदबाट अनुमोदन र कोष विनियोजनगरि  पेसगरेकासबै तिन परियोजना आफनो डिष्ट्रिकमा ल्याउन सक्नुले पनि उनको काम गर्ने शैली पृथक छ भन्ने पुष्टि गरेको छ । 
 
केरविन बिल को-स्पोन्सर रूपमा सभासद भण्डारीले  K-12 शिक्षा लागि  थप ७० करोड डलर सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। साथै  मेरील्याण्ड जनरल असेंबलीमा २१ वर्ष मुनिका  युवा वयस्कहरूलाई सुर्तिजन्य, निकोटीन उत्पादनहरू खरीद गर्न प्रतिबन्ध लगाएतका बिल लगाएत  स्वास्थ्यसम्बन्धि बिल पास गर्न  सभासद भण्डारीको उलेखनीय भूमिका रहेको थियो।  संसदमा शक्तिशाली स्वास्थ्य र सरकार संचालन समितिमा रहेका भण्डारीका ५९ को-स्पोन्सर बिल मा ३३ बिल स्वीकृत भएर राज्य कानून बन्दैछन् ।
 
कार्यक्रममा मेरिल्याण्डका एटोर्नी जनरल ब्रेन फ्रोसले सभासद भण्डारी  अमेरिकी सपनाको उदाहरण बताउँदै नेपाल देखि  मेरिल्याण्डको हाउस अफ डेलिगेटस सम्मको यात्राले अमेरिकाको आप्रवासन सम्वन्धि व्यवस्थाले कसरी अनेकतामा एकता र त्यस भित्र विविधतालाई अंगिकार गरेको छ भन्ने पुष्टि गरेको वताउनुभयो । 
 
एटोर्नी जनरल फ्रोसले अगाडि थप्नु भयो यो अवसरको भूमिमा सभासद भण्डारीको  कठोर परिश्रमले अमेरिकामा नेपाली मूलको पहिलो  विधायकको रुपमा उनलाई ईतिहास कोर्ने अवसर प्रदान गरेको छ । 
 सिनेटर क्याथी क्लासमारले कार्यक्रम सञ्चालन गर्दे आफनो विगतको स्मरण गर्दे भन्नुभयो भण्डारीको निवासको  डिनर बैठकको  सम्झना सुनाउदै  सभासद भण्डारीको  डेमोक्रयाट पार्टीको केन्दीय सदस्य र  हाउस अफ डेलिगेटको रुपमा बिजय प्राप्त गर्दा सम्मको आफ्नो  सहकार्यको  अनुभव सुनाउनुभएको थियो। । 
 
यसैगरी अर्का पुराना हाउस  सभासद एरिकले  सभासद भण्डारी  र उहाँलाई सहयोग गर्ने सवै  समुदायलाई प्रति  हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
 
कार्यक्रमलाई सम्बोधन गर्दे हाउस अफ डेलिगेट  भण्डारीले मलाई अमेरिकाले महत्वपूर्ण अवसर प्रदान गरेको भन्नुहुँदै आगामी दिनमा अझै  प्रतिवद्धताका साथ  नागरिक प्रति सेवाभावले समर्पित हुने आफनो ईच्छा रहेको बताउनुभयो ।
 
१२ बर्ष पछि  रिपब्लिकन  पार्टीका  पूर्वराज्य निर्देशक र  अमेरिकाको सबैभन्दा लोकप्रिय गभर्नर लारी होगनका  बहालवाला  विश्वासपात्र  सम्सद सदस्यलाई   गत नोभेम्बरको संसदीय चुनाब मा पराजित गरि रिपब्लिकन  पार्टीलाई स्तब्धपार्दै  भण्डारीले संसदीय चुनाब जितेका हुन्। भण्डारीको निबाचन जिल्ला राज्यको  सबैभन्दा प्रतिस्पर्धी चुनावी जिल्ला हो। भण्डारी  AAPI समन्वय ककस अध्यक्ष र सीनेट र हाउस लागि  AAPI  ककस सचिव छन्। उक्त  ककसक एकजना सदस्य  अमेरिकामा भारतीय  मूलको पहिलो  विधायक कुमार बार्वे पनि छन् ।
 
 कार्यक्रममा टिचर एशोसिएसन अफ मेरिल्याण्डकी अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्य िक्तत्वहरु स्थानीय अस्पताल तथा विश्वविद्यालयका प्रतिनिधीहरु,लगायत नेपाली समुदायका   नेताहरूसमेत सहमभागी रहेको थियो ।