मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार


काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरिद बिक्री भएका छन् । 
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर रु ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरिद बिक्री भए । 
 
बिहीबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो । बिहिबार रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा खरीदबिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कूल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए । 
 
यस्तै, मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करिब १० अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो ।  सो दिन  कूल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिद बिक्री भए । 
 
बुधबार नेप्से परिसूचकसामान्य अङ्कले वृद्धि भयो । परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ ।  परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए । 
 
बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो ।  कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिद बिक्री भए । रासस