बिश्व घटना

क्यालिफोर्नियाको युवाहरुले लैगिक हिंसा विरुध्द मा जनचेतना फैलाउने डकुमेन्ट्री निर्माण गर्दै

क्यालिफोर्नियाको युवाहरुले लैगिक हिंसा विरुध्द मा जनचेतना फैलाउने डकुमेन्ट्री निर्माण गर्दै


हिमालयखबर संबाददादा ।
क्यालिफोर्निया (अमेरिका)-  अमेरिका क्यालिफोर्नियामा अवस्थित युवाहरुको समुहले लैगिक हिंसा विरुध्द मा जनचेतना फैलाउने र यस्ता जनचेतनामुलक डकुमेन्ट्रीहरुबाट समाजमा घटेका घटनाहरुलाई न्युनिकरण गर्ने उध्येश्यका साथ “राईज अप “नामक डकुमेन्ट्रीको छांयाकन समापन गरेका छन् यसै समुहले केहि महिना अघि अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
 
यस डकुमेन्ट्रीमा मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया  Beverly Hills मा २ बर्षे अभिनय कोर्स पुरा गरि केही English short फिल्ममा Harley quinn को समेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन्, साथै उनिले केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय  कला प्रस्तुत गरिसकेकी छिन् ।
 
एस राज प्रोडक्शनका (शंकर राज वाग्ले) र सन्जय कार्कीको छांयाकन रहेको छ भने  यस डकुमेन्ट्रीलाई शंकर राज वाग्ले ले निर्देशन गरेका हुन् ।
 
डकुमेन्ट्रीलाई बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी छिन् र अन्य कलाकार हरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा ,मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली, अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा ब्यबसायी श्याम सेढाई , लसएन्जल्स निवासी सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियान्त टेक वाईबा लामा ,साउथ एशियन नेटवर्क की सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियान्त विष्णु राउत र निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय रहेको छ ।
 
यसमा मेकअप आर्टिस्टको भुमिका स्पर्श थ्रेडिंग एण्ड ब्यूटीका ब्युटीसियन निरता कार्कीले  गरेकी छिन् ।
 
यस डकुमेन्ट्रीको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन् यस डकुमेन्ट्रीमा बास्तविक जिवनमा घटिरहेका त्यस्ता विभिन्न लैंगिक  हिंसाका घटनाहरुलाई पर्दामा उतार्ने कोशिस गरिएको छ,यस समुहले अन्तराष्ट्रीय डायस्पोरामा  भैरहेको विभिन्न हिसां, हत्या र समाजमा घटिरहेका सामाजिक विकृतिसंग सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन् ।
 
क्यालिफोर्निया लसएन्जल्समा विभिन्न स्थानहरुमा सुटिङ सम्पन्न भएको छ र यसलाई यथाशीघ्र प्रदशनिमा ल्याउने तयारी भैरहेको बर्नीन २०२० को फिल्ड अर्गानाईजर सुस्मिक लामाले जानकारी गराएकी छिन् भने यसले लैंगिक हिंसा बारे जनचेतना फैलाउने र आगामी दिनहरुमा यस्ता घटनाहरुलाई न्युनिकरण गर्नको निम्ति यस समुहले काम गरिरहेको जानकारी संचारकर्मी डोल्मा लामाले दिईन् यसमा मीडिया पार्टनरहरु हिमालय खबर , एभरेष्ट टाईम र इनेप्लिज रहेका छन् ।