मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली चेली गोमा सिटौला कार्कीको तीज गीत ‘तीजै रमाइलो’

नेपाली चेली गोमा सिटौला कार्कीको तीज गीत ‘तीजै रमाइलो’


झापाको दमक घर भइ हाल अमेरिकाको लस एन्जलसमा बसोबास गर्दै आएकि नेपाली चेली गोमा(सुजाता ) सिटौला कार्कीले  सम्पुर्ण नेपाली दिदिबहिनीहरुको महान पर्व तिजको अवसरमा तीज गीत " तीजै रमाइलो ….." बजारमा ल्याएकि छिन्। उनले साधना कलाकेन्द्र पुतलीसडक, काठमाडौंमा केही बर्ष संगीत सिकेकी थिइन्। करिब १५ बर्ष अगाडि नै ५ वटा गीत रेकर्ड गराएता पनि एउटा गीत " फुलैर फुल्यो….." मात्र बजारमा ल्याएकी थिइन् I  बिबिध कारणले गर्दा उनको आफ्नो साङीतिक यात्रालाई अगाडि बढाउन सकेकी थिइनन् तर आफ्नो तिब्र ईच्छा लाई जिवित राख्दै अहिले आएर तीज गीत सार्बजनिक गरेकी छिन् ।
 
समय समयमा आफ्नै फेसबुकबाट नेपाली र हिन्दी गीतहरु बाक्लै रुपमा गाउने र लाइभ गर्ने गरेर असंख्य स्रोता, दर्शक बटुल्न सफल भएकी उनी निख्खर स्वरकी धनी छिन् । अमेरिकी समुदायले गरेका धेरै कार्यक्रमहरुमा आफ्नो गायकी कला प्रस्तुत गरेर पनि उनले लोकप्रियता कमाएकी छिन् ।
 
मोरङ्को हरैचा घरभै हाल युएइमा कार्यरत राजन पोखरेलले लेख्नुभएको यो गितमा भोईस नेपालका बिजेता सि. डि. बिजय अधिकारीको सङीत रहेको यो गीतमा केकि आधिकरी को अभिनय रहेको छ भने जीवन शाही ले छायांकन र निर्देशन  गरेका छन् ।