मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रोजगारदाताको स्वीकृति बिना आइसले छापा मार्न पाउँदैनः फुलारा

रोजगारदाताको स्वीकृति बिना आइसले छापा मार्न पाउँदैनः फुलारा


हिमालयखबर संबाददाता-
ड्यालस (टेक्सस) । अध्यागमन कानुनको क्षेत्रमा अमेरिकामा लामो समयदेखि कार्यरत अधिवक्ता बासु फुलाराले आइसिई (इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट) का अधिकारीहरुले रोजगारदाताको स्विकृती बेगर छापा मार्न र कामदारलाई पक्राउ गर्न नमिल्ने जानकारी दिनुभएको छ । 
 
आइतबार ड्यालसमा आयोजित कार्यक्रममा फुलाराले रोजगारदातासँग स्विकृती लिएर मात्र कार्यक्षेत्रमा आइसका अधिकारीहरुले छापा मार्ने, कामदारहरुसँग कागजपत्र माग्न सक्छन् । रोजगारदाताको अनुमति नभएसम्म आइसका अधिकारीहरु कामदार भएको स्थानमा प्रवेश गर्न नपाउने समेत फुलाराले स्पष्ट पार्नुभएको छ ।
 
नेपाली समाज टेक्सस, एनआरएन टेक्सस च्याप्टरको आयोजनामा भएको कार्यक्रममा फुलाराले अध्यागमन कानुनका सम्बन्धमा भैरहेको परिवर्तन र त्यसले नेपालीलाई पार्ने प्रभावका बारेमा पनि बताउनुभएको थियो ।
 
भिजिटर भिसामा आएका र एफवान भिसामा भएकाहरुले अमेरिकामा काम गर्नु कानुनको उल्लंघन भएको उल्लेख गर्दै कसैले पनि कानुन उल्लंघन गर्न नहुने उल्लेख गर्नुभयो । 
 
अमेरिकामा हरेक व्यक्तिले गरेका कानुनका उल्लंघन रेकर्डेड हुने भएकोले ढाँट्न, छल्न नहुने उल्लेख गर्दै फुलाराले सवारी साधन चलाउँदा बारम्बार पाएको टिकटले पनि आप्रवासीलाई असर पार्ने बताउनुभयो । 
 
नेपाली समुदायबाट राखिएका अध्यागमन कानुन, अन्य कानुनी जिज्ञासाको फुलाराले त्यस अवसरमा जवाफ दिनुभएको थियो । 
 
पत्रकार सूर्य थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका नेपालीहरुले समेत जिज्ञासा राखेका थिए ।