मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एल पासोका स्थानीय नेपाली भन्छन्-गोलीबारीमा नेपाली परेका छैनन

एल पासोका स्थानीय नेपाली भन्छन्-गोलीबारीमा नेपाली परेका छैनन


हिमालयखबर संबाददादा- 
अमेरिका । टेक्ससको एलपासोमा २० जनाको ज्यान जाने गरी भएको गोलाबारीमा नेपाली कोही पनि परेका छैनन् । टेक्सस राज्यमा धेरै नेपाली समुदाय वसोबास गर्ने भएपनि एलपासोमा भने नेपालीको संख्या खासै ठुलो थिएन ।
 
एलपासो वरिपरि वस्ने नेपालीहरुसँग हिमालयखवरले सम्पर्क गर्दा कोही उक्त घटनामा कोही नेपाली परेको जानकारी प्राप्त भएन । स्थानिय प्रशासनले मृतक र घाइतको विवरण सार्वजनिक गरिसकेको छैन ।
 
एलपासो अमेरिका र मेक्सिको सिमाको शहर हो । गोलीवारी भएको ब्यापारिक क्षेत्रमा दुवै देशका ग्राहकले किनमेल गर्ने चर्चित क्ष्ँेत्र हो । उक्त गोली बारीमा तीन जना मेक्सिनको मृत्यु भएको मेक्सिको सरकारले जनाएको छ ।
 
शनिवार विहान वालमार्ट र नजिकैको सपिङ्ग मलमा भएको गोली बारीमा २० निर्दोषले ज्यान गुमाएका थिए । यसमा दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
 
उक्त गोलीबारीका संभावित दोषीलाई प्रहरीले पक्राउ गरेको छ । २१ बर्षिय एक युवाले गोली चलाएका थिए । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, टेक्सस गभर्नर लगायतले यो घटनाको निन्दा गरेका छन् । जो सुकैले गरेपनि यस्तो कार्यलाई अमेरिकाले कुनैपनि हालतमा छुट नदिने उनीहरुले वताएका छन् ।
 
यो विषय चुनाव मुद्दाका रुपमा पनि बहस शुरु भएको छ । डेमोक्र्याटीक पार्टीवाट राष्ट्रपति पदका आंकाक्षीहरुले पनि यो घटनाको निन्दा गरेका छन् ।
 
डेटनमा पनि अर्को भीषण गोलीकाण्डः
यसैबीच टेक्ससमा भएको गोलीकाण्डको १२ घण्टा पनि नपुग्दै अोहायोको डेटनमा गएराति अर्को गोलीकाण्ड भएको छ । जसमा परेर १० जनाको निधन भएको मेयर न्यान ह्वालेले जानकारी दिएकी छिन् । 
 
डेटन काण्डमा परेर २७ जना घाइते भएको सिएनएनले जनाएको छ । एक गोरा युवकले गोली चलाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसमा परेर हमलाकारीको समेत निधन भएको जनाइएको छ ।तस्बिर: सामाजिक संजाल