मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५१ लाख बढी सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५१ लाख बढी सहयोग


भरतपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हजार सहयोग गरेका छन् । 
 
महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई उक्त रकमको चेक हस्तान्तरण गरिन् । महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन गरिएको थियो । 
 
उनले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएको भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पनि महोल सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।
 
सो रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि रु पाँच करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररूपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । 
 
गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।