मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालको विश्वकप खेल्ने सपना अधुरै

नेपालको विश्वकप खेल्ने सपना अधुरै


काठमाडौँ । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । 
 
सिङ्गापुरको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा आइतबार भएको आइसिसी टी–२० विश्वकपकोे एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो ।
 
यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । यता, विजय हासिल गरेको सिङ्गापुर समूह विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो ।
 
नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो ।
 
त्यस्तै, नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे ।
 
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै, मनप्रित सिंहले ४२ रन जोडे । 
 
नेपालका अविनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे ।