मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रंगशाला बनाउन उद्योग वाणिज्य संघको ५५ लाख ५५ हजार सहयोग

रंगशाला बनाउन उद्योग वाणिज्य संघको ५५ लाख ५५ हजार सहयोग


चितवन । धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । 
 
सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर रु एक करोड पु¥याउने जानकारी दिए । यसअघि नै संघले रङ्गशालाका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एशोसिएसनका अध्यक्ष कैलाश प्रधानले पनि रु दुई लाख ५५ हजार ५५५ को चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका थिए । 
 
यसैगरी, रङ्गशालाका लागि आवश्यकपर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गरे । 
 
सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्नेक्रम बढ्दन थालेकाले आफू उत्साहित भएको बताए । 
 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्नेक्रम सुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गरे । 
 
जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम सुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ । भरतपुर महानगरपालिका वडा नं १५ मा सो रंगशाला निर्माण गर्न लागिएको हो ।