मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राहतको रकम दुरुपयोग गरी सरकारले कार्यकर्ता पोस्यो : नेता महर

राहतको रकम दुरुपयोग गरी सरकारले कार्यकर्ता पोस्यो : नेता महर


काठमाडौं । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले दैवीप्रकोप र राहतको रकम दुरुपयोग गरी सरकारले कार्यकर्ता पोस्ने काममा लागेको आरोप लगाएका छन् । 
 
बीपी कोइराला पब्लिक पोलिसीको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा महरले सरकार जनताको समस्याप्रति संवेदनशील नभएको र दर्जनौं नेपाली बाढीपहिरोले मृत्यु हुनुका साथै हजारौं घरवारविहीन हुँदा पनि प्रधानमन्त्री राहतकोषको रकम पीडितका लागि उपयोग नभएको बताए । 
 
“दैवी प्रकोपको लागि छुट्याइएको सरकारी पैसा केपी ओलीजी आफ्ना पार्टीका नेताकार्यकर्तालाई योजनाका नाममा बाँड्दैछन् । अत्यन्तै अमानवीय र निन्दनीय कार्य हो,” उनले भने ।
 
सरकार नसच्चिए अब युवाहरू चुप लागेर नबस्ने चेतावनी उनले दिए । कार्यक्रममा महरले बीपी कोइरालाले नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको चर्चासमेत गरे । 
आज देशभर जननायक बपिी कोइरालाको ३७औँ स्मृतिदिवस मनाइँदैछ ।