मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

झापामा कालाजारको नयाँ रोगी भेटिए

झापामा कालाजारको नयाँ रोगी भेटिए


झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । 
 
वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताए । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
 
आज जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छर्किने कार्यक्रम शुरु गरेको छ । 
 
नगरका कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । संयोजक राईका अनुसार यो एउटा सरुवा रोग हो जसलाई ‘लिसमेनियासिस’ पनि भन्ने गरिन्छ । यो रोग सङ्क्रमित पोथी जातको एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।
 
यसअघि नै गत असारमा भद्रपुर नगरपालिका–१० मा तीन र कचनकवल गाउँपालिका–५ मा एक कालाजारका रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका अधिकृत वेदप्रकाश घिमिरले बताए । उनले सङ्क्रमित व्यक्ति भेटिएको स्थानमा थप रोगलाई फैलिन नदिनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर भुसुना मार्ने औषधि छर्कने काम भइरहेको बताए ।