मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बारा र पर्सामा बाढीबाट एक अर्बको अन्नबाली नष्ट

बारा र पर्सामा बाढीबाट एक अर्बको अन्नबाली नष्ट


वीरगञ्ज । बाढीबाट पर्सा र बारामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको छ ।
 
यस्तै २७१ हेक्टरमा लगाइएको धानको बेर्ना, १०७ हेक्टरमा लगाइएको तरकारीबाली, २३१ हेक्टरमा लगाइएको अन्नबाली तथा ४६ हेक्टरमा लगाइएको मकैबाली नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए । 
 
बाढीका कारण २६७ हेक्टरमा रोपाइँ गरेको धानबाली, धानको बेर्ना र सञ्चित गरिएको मकैसमेत नष्ट भएको छ ।
 
 बाढीबाट सबैभन्दा बढी पर्साको पकहामैनपुर, ठोरी, विन्दबासिनी र छिपहरमाई गाउँपालिका तथा बहुदरमाई, पोखरीया र पर्सागढी नगरपालिकामा अन्नबाली र तरकारीबाली नष्ट भएको छ । 
 
यस्तै बाढीबाट बारामा रु ५० करोडभन्दा बढीको अन्नबाली र तरकारीबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 
बाढीबाट आठ हजार हेक्टरमा लगाइएको चैतेधान, १५ हजार हेक्टरमा लगाइएको वर्षेधान, दुई हजार हेक्टरमा लगाइएको मकैबाली तथा दुई हजार ५०० हेक्टरमा लगाइएको तरकारीबाली नष्ट भएको छ ।