मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सोमा समाजको आयोजनामा रक्तदान

टेक्सोमा समाजको आयोजनामा रक्तदान


टेक्सस (अमेरिका) । टेक्ससको सुदूर उत्तरमा रहेको शेरमन र सेरोफेरोमा बस्ने नेपालीहरुको संस्था टेक्सोमा नेपाली समाजले विहीबार वृहद् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
 
अमेरिकी स्वतन्त्रता दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 
 
टेक्सोमा रिजनल ब्लड सेन्टरसँगको सहकार्यमा आयोजना गरिएको रक्तदानमा सहभागी हुन ३५ जनाले नाम दर्ता गराएका थिए । ती मध्य २५ जनाले रक्तदान गरेको टेक्सोमा नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिए । रक्तदानको प्रायोजन स्थानीय रिजिज लिकरले गरेको थियो ।
 
रक्तदानमा ५ जना अमेरिकी समुदायका व्यक्तिले पनि रक्तदान गरेका थिए । त्यस अवसरमा शेरमन सिटीका डेपुटी मेयर सन टी म्यान, ब्लड डोनर्स अफ अमेरिकाका निवर्तमान अध्यक्ष डा. नन्द रेग्मीको उपस्थिती थियो ।