मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

उल्टो यात्रामा एनआरएनए अमेरिका

उल्टो यात्रामा एनआरएनए अमेरिका


एनआरएनए  अमेरिकाको पछिल्लो गतिबिधीले गर्दा एउटा लेख लेखौं कि भनेर कम्युटर अगाडि बसेको छु । तर मनमा आयो के लेख्नु, आखिर कति जनालाई पो यो बिषयमा चासो छ र हो जस्तो पनि लाग्यो । लेखौं या नलेखौ जस्तो लागिरहँदा अनि यदि मैले लेखिहाले पनि धेरैलाई चासोको बिषय पनि होइन तर थोरैले मात्र चासो लिने हो । त्यसैमा पनि यो लेख हेरे पछि केहि साथीहरु पक्कै रिसाउने होलान् जस्तो पनि लाग्यो । यो सबै कुरा हुँदाहुँदै पनि भित्र मनबाट आयो कि हामी सबैको साझा संस्था भन्ने एनआरएनए  अमेरिकाले यस्तो धेरै नांगो नाँच नै गर्दा आफुलाई पत्रकार भन्न रुचाउने हामीले नलेखे कस्ले नै लेख्ने भन्ने लाग्यो र केहि लाईन लेख्न अगाडि बढ्दै छु ।
 
जतिबेला एनआरएनए  अमेरिका सानो कोठाबाट भर्खरै बाहिर आएको थियो त्यो बेला धेरैले उत्साहका साथ अब एनआरएनए  अमेरिका सबैको साझा संस्था, छाता संस्था जस्ता शब्द दिएर हामी आफैलाई पनि धेरै खुशी हुंदै समाचार लेख्थ्यौं । तर बिस्तारै आज निकै थोरैलाई मात्र चासो लाग्ने र साझा अनि छाता त के फेरि पुरानै बाटोमा फर्कन लागेको संस्था जस्तो लाग्न थालेको छ । जतिबेला अहिलेका धेरै जसो आफुलाई एनआरएनए  अगुवा भन्दा वा अभियान्त नै भन्दा खुशी हुने मित्रहरुले साधरण सदस्यता पनि नलिदैं देखि यसका वास्तविक अगुवा र अभियान्तहरुको गतिबिधी नजिकबाट नियालेको एक पात्र भएर पनि होला यो संस्था ह्वात्तै आयो अनि फेरि पुरानै बाटोमा दुब्लाउदै जादैंछ जस्तो देखेर केहि बिषय लेखौ न जस्तो पनि लागेको होला सायद ।
 
आगामी हप्ता एनआरएनए  अमेरिकाले सिकागोमा साधारणसभाको तयारी गरेको छ । पुरानो कार्य समितिले नै आयोजना गरेको साधारण सभामा नै नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्यक्रम समेत राखिएको यो साधारणसभाको तयारि अन्तिम अवस्थामा पुगेको भन्दै समाचारहरु पनि आईरहेका छन् । तर यो साधारणको तयारी र हालसम्मको आयोजनालाई हेर्दा नै प्रष्ट हुन्छ कि एनआरएन अमेरिका कता जांदैछ ? अमेरिकामा रहेका दोश्रो पुस्ताका नेपालीहरुलाई समेत यो संस्थामा आकर्षण गर्ने जस्ता आकर्षक नारा एकातर्फ छन् भने नेपालमा एनआरएनले पाउने नागरिकता, लागानिका कुरा जस्ता महत्वपुर्ण बिषय अर्को तर्फ छन् । 
 
कुनै पनि संस्थाको साधारणसभा भन्ना साथ यसको बिधान या आगामी कार्यदिशको कुरा त छंदैछ । यस्तो महत्वपुर्ण समयमा हुन लागेको साधारणसभा कस्तो हुनेहोला भन्ने त यसका अतिथीबाटै प्रष्ट हुन्छ । यो साधारणसभामा नेपालबाट पुर्व उपप्रधानमन्त्री बिजय गच्छेदार प्रमुख अतिथी र अन्य केहि कांग्रेसका युवा नेताहरु पनि आउने कुरा पक्का भएको देखिन्छ । नेपालको राजनितिमा सबैभन्दा बढि पदलोलुपताको राजनीति गरेका गच्छेदार धेरै पटक मन्त्री हुने भाग्यमानी नेता हुन् । जो सरकारमा जान्छ उतै सहमति गर्दे उपप्रधानमन्त्री हुंदै गरेका यि एनआरएनहरुसँग सरोकार राख्ने भन्दा पनि अन्य मालपानीमै ज्यादा रमाउने नेता हुन् । 
 
हुन त तर्क गर्न सकिन्छ जुनसकै दलको आए पनि उस्तै नै हुन् या आफ्नो नजिक जो छ उसैलाई बोलाउने न हो । तर उनलाई यो एनआरएनले के कस्तो सन्देश दिएर नेपाल पठाउने हो त्यो भने आफैमा अचम्मको कुरा छ । यस्ता महत्वपुर्ण सम्मेलनमा या त सरकारको प्रतिनिधी ल्याउन सक्नु, नसके सबै दलका नेता ल्याउनु त्यो भने होइन भने कुनै एक दलको नै नेता भए पनि एनआरनसँग सम्बन्धित बिषय नेपालमा लगेर लागु गर्न सक्ने ल्याकत भएको नेता त ल्याउनु ?
 
हुन त शिब राईको पहलमा सानो घेराबाट बाहिर आएको र खग्रेन्द्र क्षेत्रकिो पालमा ह्वात्तै ठुलो उचाई लिएको एनआरएन पछिल्लो समय यसको नेतृत्वमै  बस्नेहरुका गतिबिधीले अलोकप्रिय बन्दै गएको त प्रस्टै हुन्छ ।
 
सिकागोको साधारणसभा तथा पद हस्तान्तरण पुरानै कार्यसमितिको आयोजनामा भएकोले यो साधारणसभको जिम्मा पनि उनिहरुकै हो । दुई कार्यकाल अध्यक्ष बनेर बिदाई हुन लागेका डा. केशब पौडेलको बर्तमान नेतृत्वले यो साधारणलाई त्यति राम्रो भन्दा पनि कर्मकाण्डी गराउन मात्र खोजेको हो या सुनिल साहको नेतृत्वमा आउन लागेको नयँ टिमको कास्टींग नै झुर गराउन खोजेको हो त्यो त उनैलाई थाहा होला । 
 
तर यो साधारणसभालाई युवा वर्ग तान्ने, सबैको साझा संस्था बनाउन छलफल गराउने थलो बनाउने भन्दा पनि तिमीहरु आए आउ नआए नआउ हामी हाम्रो बाटो हिड्दै गर्छौ भनेर हिडे जस्तो गरेको हो भने त कै ने भन्नु रह्यो र ? यसरी सानो घेराबाट सम्पन्न हुने पक्का भएको साधारणसभाबाट के कस्तो परिवर्तन होला र सहि मार्गमा एनआरन अमेरिका जाला भनेर अपेक्षा गर्ने ? शिकागोको साधारण सभामा के कस्ता कार्यक्रमले गर्दा युवाहरुलाई आकर्षण गर्छन् त? त्यंहा आउने कुन वक्ताबाट सहभागिहरुले नयाँ कुरा सिक्न पाउलान् त आयोजकहरुले एक हप्ता आगाडिसम्म केहि प्रस्टायको देखिएको छैन ।
 
आफ्नो कार्यकालको पहिलो कार्यक्रम सिनेमाको भाषामा भन्दा कास्टींग नै झुर हुन लागेको भए पनि अभि तो पिक्चर बाँकी हे भन्ने अधिकार नयाँ समितिलाई छ । नयाँ समिति र यसको नेतृत्वमा रहेका सुनिल साहले यहि साधारण सभाको कास्टिंगलाई फ्लो गरे भने त एनआरएन अमेरिका उल्टो यात्रामा हिड्ने पक्का नै छ तर यसलाई सुधारेर पुरा पिक्चर लाई ट्रेलर भन्दा राम्रो गराए भने क्या बात नै भनौला ।
 
अहिलेलाई सुनिल साह र यसको नयाँ टिमलाई शुभकामना अनि पुरानो टिमलाई जय नेपाल ।
एनआरएनको जय होस् ।