मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशलाई थिलथिलो बनाएको कांग्रेसले नै हो : भीम रावल

देशलाई थिलथिलो बनाएको कांग्रेसले नै हो : भीम रावल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली कांग्रेसले गरेको आरोप लगाएका छन् । 
 
नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता रावलले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारे पनि कांग्रेसले विरोधका लागि विरोध गरिरहेको आरोप लगाए । “विगतमा पटकपटक बहुमत प्राप्त गरे पनि कांग्रेसले जनताको मतको अपमान गरेको छ”, उनले भने, “कांग्रेस आफ्ना सारा कर्म बिर्सेर नेकपा र सरकारको विरोधमा मात्रै केन्द्रित भएको छ ।” 
 
कम्युनिष्ट सरकारले आफ्नो मूल्य, मान्यता र आदर्शअनुरूप देशको विकास गरिछाड्ने उनको भनाइ थियो । व्यक्तिगत लोभ, लालच र क्षणिक स्वार्थमा रही पार्टीलाई आँच आउने कामबाट टाढै रहन उनले कार्यकर्तालाई निर्देशनसमेत दिए । “विधि र सुशासनबिना विकासको कल्पना गर्न सकिँदैन”, नेता रावलले भने । 
 
देश र जनताका लागि कम्युनिष्ट सरकारले विगतदेखि नै जनमैत्री कार्यक्रम ल्याएको उनको भनाइ थियो । वृद्धवृद्धालाई भत्ताको व्यवस्थादेखि दलितका छोराछोरीका लागि छात्रवृत्ति कार्यक्रम, गाउँगाउँमा बजेट पठाउनेलगायत कार्य कम्युनिष्टले नै गरेको उनले बताए । 
 
विगतमा  गाउँमा बजेट पठाउनु हुँदैन भन्ने कांग्रेसले अहिले गाउँमा आएको बजेट आफैँ खाऊँ भन्ने नीति लिएको आरोपसमेत लगाए ।