मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्टलाई मातृशोक

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्टलाई मातृशोक


न्यूयोर्क- नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्टलाई मातृशोक परेको छ । विष्टकी आमा कमलादेवी विष्टको आज निजी निवास धनगढीमा निधन भएको छ । उहाँ ९० वर्षकी हुनुहुन्थ्यो ।
 
आफ्ना जेठा छोरासंग बस्दै आउनु भएकी विष्टका चार छोरा र चार छोरी छन् । जसमध्ये कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनु भएका विष्ट परिवारका साहिँलो छोरो हुनुहुन्छ । विष्टबाहेक अन्य सबै दाजुभाई र दिदीबहिनी नेपालमा नै हुनुहुन्छ ।
 
नेता विष्ट आगामी शनिवार अमेरिकाका तीन शहर न्यूयोर्क,सन् फ्रान्सिस्को र टेक्सासको अस्टिनमा हुन लागेको कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमको तयारीमा जुट्दै गरेको अवस्थामा मातृ वियोगमा पीडामा पर्नु भएको छ । जुन १५ को अमेरिकामा हुने यो जागरण कार्यक्रमपछि उहाँ जुन तेश्रो साता डेनमार्कमा हुने कांग्रेसको प्रशिक्षण कार्यक्रममा जाने तयारीमा हुनुहुन्थ्यो ।
 

शेयर गर्नुहोस:

0
Shares