मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बजेट कागजको घोडाजस्तो : खाँड

बजेट कागजको घोडाजस्तो : खाँड


काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेट कागजको घोडाजस्तो भएको टिप्पणी गर्दै विकास खर्च गर्न नसक्ने बजेटले आर्थिक समृद्धि नल्याउने बताएका छन् । 
 
उनले स्थानीय सरकारको काम सुरु भइसकेको अवस्थामा स्थानीय निकायलाई बजेटले ध्यान नदिएकामा आपत्ति जनाउँदै ज्येष्ठ नागरिकको उमेर ६५ वर्षमा झार्न माग गरे । 
 
कांग्रेस नेता प्रकाशमान सिंहले केन्द्रीकृत एकात्मक मानसिकताबाट सरकारले बजेट ल्याएको आरोप लगाउँदै यो संघीयता विरोधी रहेको टिप्पणी गरे । उनले भने, “स्थानीय र प्रदेश सरकारलाई दिनुपर्ने बजेट सङ्घमा राखिएको छ । संघीयता कार्यान्वयन गर्न बजेटले ध्यान दिएको छैन । ठूला विकासनिर्माण आयोजनामा बजेट विनियोजित छैन ।” 
 
सोही दलका उमेश श्रेष्ठले शिक्षा र  स्वास्थ्य क्षेत्रमा बढी लगानी गर्नुपर्नेमा जोड दिएका छन् । 
 
कांग्रेसकै सीतादेवी यादवले संघमा ८० तथा प्रदेश र स्थानीय निकायमा २० प्रतिशतमात्र बजेट विनियोजन हुनु आपत्तिजनक रहेको टिप्पणी गर्दै बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि बजेट किन विनियोजित भएन भन्ने प्रश्न गरिन् । उनले तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले विगतमा सुरु गरेका आयोजना सम्पन्न गर्न बजेट नआउनु दुःखद पक्ष रहेको गुनासो गरिन् । 
 
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६/७७ राजश्व  र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद्हरुले बजेट कार्यान्वयन गर्न चुनौती रहेको बताए । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गरेका थिए ।