मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भूमाफियाको बिगबिगी बढेपछि सरकारी जग्गा छानबिन गर्न आयोग गठन

भूमाफियाको बिगबिगी बढेपछि सरकारी जग्गा छानबिन गर्न आयोग गठन


काठमाडौँ । भूमाफियाले सरकारी जग्गा हड्पेर व्यक्तिको नाममा नामसारी गर्न थालेपछि सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिन थाल्ने भएको छ । 
 
सरकारी जग्गा अतिक्रमण र अपचलनका मुद्दा मिडियाले श्रृंखलावद्धरुपमा सार्वजनिक गर्न थालेपछि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्न बाध्य भएको हो । 
 
त्यस्ता जग्गाको छानबिनका लागि छ महीनाको कार्यवधि रहने गरी मोहनरमण भट्टराईको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो । 
 
आयोगका सदस्यमा जानकीबल्लभ अधिकारी सङ्खुवासभा, दुर्गा दाहाल महोत्तरी र जगतबहादुर देउजा सिन्धुपाल्चोक रहेका छन् । देशव्यापीरुपमा नै सरकारी, सार्वजनिक तथा गुठीको जग्गा व्यक्तिका नाममा दर्ता भएको र अनियमित तवरले कारोवार भएको सार्वजनिक हुन थालेपछि सरकारले उक्त आयोग गठन गरेको हो ।