मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

वाइडबडी जहाज खरिद प्रकरण : ६ महिनामै डेढ अर्ब घाटा

वाइडबडी जहाज खरिद प्रकरण : ६ महिनामै डेढ अर्ब घाटा


काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले खरिद गरेको वाइड बडी जहाजको लक्ष्यअनुसार उडान भर्न नसक्दा रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ । 
 
महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनअनुसार गन्तव्य टुङ्गो लगाएर प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म दुई वाइडबडी जहाजबाट रु एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी भएको छ ।
 
जहाज खरिद प्रक्रिया सुरु गरेपछि निगमले २०७३ असोज ८ मा व्यावसायिक योजना तयार गरेको थियो । सन् २०१९ देखि दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनुपर्ने थियो । अहिलेसम्म वाइडबडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन । जहाज खरिद गर्दा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । 
 
जहाज खरिदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट रु २३ करोड ६१ लाख ऋण लिएको छ । जहाज खरिद गर्दा रु २२ अर्ब ९० करोड १७ लाख १६ हजार खर्च भएको छ । व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा निगम साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । 
 
निगमले गत पुस ३० गतेभित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता रु ८० करोड ४२ लाख तिर्न सकेको छैन । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै बढ्ने स्थिति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।