मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

रंगशाला निर्माणमा कांग्रेस प्रवक्ता शर्माको सहयोग

रंगशाला निर्माणमा कांग्रेस प्रवक्ता शर्माको सहयोग


काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । 
 
श्रीमती कविता शर्मासँग विवाह भएको १६ औँ वर्षको अवसर पारेर उनले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् । 
 
प्रवक्ता शर्माले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रूपैयाँ सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानोसानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।  
 
प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वान् पनि गरेका छन् ।