न्यूयोर्क (अमेरिका)- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै अाएको नेजा सामुदायिक पत्रकारिता पुरस्कारका लागि अावेदन अाव्हान गरेको छ ।
अमेरिकामा रहेका नेपाली मूलका पत्रकार तथा संचारमाध्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ छनाैटका लागि समिति गठन भैसकेको छ । यो पुरस्कार अाउँदो मे ४ र ५ तारिक ड्यालसमा हुने साधारण सभाका अवसरमा प्रदान गरिने नेजाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पुरस्कृत छनाैटका लागि नेजा कार्य समितिको फेब्रुवरी २४ मा बसेको बैठकले महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा ज्योति देवकोटा र होम लम्साल सम्मिलित समिति गठन गरेको छ ।
जारी विज्ञप्तीमा उल्लेख भए अनुसार सन् २०१८ भित्रमा प्रकाशित वा प्रसारित आफ्ना तीन उत्कृष्ट समाचार, अनुसन्धनात्मक लेख वा समाचारमूलक कार्यक्रम सहित अावेदकले पेश गर्नुपर्नेछ ।
त्यस्तै नेपाली समुदायको हित प्रवर्धन गर्ने खालका समाचार, अनुसन्धनात्मक लेख वा समाचारमूलक कार्यक्रमलाई प्राथमिकता दिइने, अमेरिकामा रहेर कम्तीमा दुइ बर्ष पत्रकारिता क्षेत्रमा कुनै न कुनै रुपमा सक्रिय रहेको पक्षलाई पनि ध्यान दिइने समेत जनाइएको छ ।
नेजाका सचिव सुरज भण्डारीका अनुसार आवेदन आगामी अप्रिल १५ तारिखसम्म प्राप्त हुनुुपर्नेछ । प्राप्त आवेदनमाथि पुरस्कार छनौट समितिले गर्ने निर्णय नै अन्तिम हुनेछ । इच्छुक पत्रकारहरूले आफ्ना प्रकाशित समाचार सामग्री नेजाको सम्पर्क इमेलः [email protected] मा पठाउन अनुरोध गरिएको छ ।







प्रतिक्रिया