हिमालयखबर संबाददादा –
अमेरिका। हिन्दु धर्मसंस्कृतिका चाडपर्वका विषयमा अमेरिकामा सधैँभरि हुने गरेको विवाद अब समाधानको बाटोमा अघि बढेको छ ।
नेपालभन्दा बाहिर हिन्दु ज्योतिषीहरुलाई समेत समावेश गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति गठन भएको छ । विदेशमा बसेका नेपालीले विधि अनुसार चाडपर्व मनाउन सकुन भन्ने उद्धेश्य लिएर यस निर्णय समिति गठन भएको हो । यो समितिमा अमेरिकाबाट पण्डित मेघराज निरौलालाई संयोजक बनाइएको छ ।
सनातन रुपमा चलिआएका धर्म सस्कृति, चाडपर्व मनाउने समय निर्क्यौल गरि विश्वका विभिन्न स्थानमा वसोवास गर्ने सनातन धर्मालम्वीहरुका लागि तयार गरिने पञ्चाङ्ग र भित्तेपात्रोमा समावेश गरिने चाडपर्व हरुको धर्म शास्त्रीय निर्णय गर्न विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय निकायको रुपमा अन्तर्रा्ष्ट्रिय पञ्चाङ्ग निर्णय समिति सन्चालन नियमावली २०७५ अनुसार यो समिति गठन भएको हो । समितिको अध्यक्षमा नेपाल पञ्चाङ्ग निर्णय समितिका पूर्व अध्यक्ष एवं विश्व ज्योतिष महासंघका संस्थापक सदस्य प्रा।डा।माधव भट्टराइ रहेका छन् ।
समितिको उपाध्यक्षमा प्रा।डा। देवमणी भट्टराई, सचिवमा सन्तोष वशिष्ठ, सदस्यहरुमा सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार पं।सूर्यप्रसाद ढुङ्गेल, पुरुषोत्तम भट्टराई, सुर्दशन पौडेल छन् ।
यो समितिले हिन्दु धर्म अनुसार मनाइने चाडपर्बलाइ नेपालकै समय अनुसार भन्दा पनि ज्योतिषशास्त्रको सिद्धान्त अनुसार तय गर्नेछ । जसबाट कतिपय पर्वका संबन्धमा नेपाल र अमेरिकामा देखिदै आएका द्विधाहरू अन्त्य हुने अमेरिका संयोजक निरौलाले हिमालयखबरसँग बताउनुभयो ।
निरौला केही वर्षदेखि अमेरिकाको ड्यालसमा बस्दै आउनुभएको छ । उहाँ ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिर ९नेपाली मन्दिर० का पूजारी पनि हुनुहुन्छ ।







प्रतिक्रिया