ड्यालस (टेक्सस) – नेपस्टार अफ डिएफडब्लु र ब्लड डोनर्स अफ अमेरिकाले आइतबार संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
आइतबार अर्भिङस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बिडिए अमेरिकाका अजय बगालेले जानकारी दिए । दिउँसो १० बजेदेखि ३ बजेसम्म रक्तदान आयोजना गरिएको थियो ।
स्वस्थ व्यक्तिले हरेक तीन महिनाको अन्तरमा रक्तदान गर्न सक्छन् ।
प्रतिक्रिया