मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

“ललितपुरको नख्खुमा गराइएको विस्फोट हामीले गरेका हौ ” हेमन्तप्रकाश ओली

“ललितपुरको नख्खुमा गराइएको विस्फोट हामीले गरेका हौ ” हेमन्तप्रकाश ओली


काठमाडौं- ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ।
 
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई 'दुःख लागेको' उनले बताए । 
 
उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पारिएको छ ।
 
विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ 'निशाना नबनाएको' ओलीको भनाइ छ।
 
एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले 'लुटको प्रतिकारस्वरुप' सो कदम चालिएको तर्क गरे।
 
संसद्‌को राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा 'संविधानविरोधी तत्व'को संलग्नता भएको बताएकै दिन 'विप्लव' नेतृत्वको नेकपाले विस्फोटको जिम्मेवारी लिएको हो ।

शेयर गर्नुहोस:

0
Shares