मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वुद्ध पुर्णिमा अब अन्तराष्ट्रिय ध्यान दिवसको रुपमा घोषित

वुद्ध पुर्णिमा अब अन्तराष्ट्रिय ध्यान दिवसको रुपमा घोषित


अमेरिका । भर्जिनिया राज्यस्थित स्प्रिङफिल्ड शहरमा शनिवार वुद्ध पुर्णिमालाई अन्तराष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने घोषणा गरिएको छ । 
 
भर्जिनियाको लाउडनका काउन्टीका प्रतिनिधि, सिनेटर, हाउसका प्रतिनिधि र ओशो तपोवन नेपालका संस्थापक वोधिसत्व स्वामी आनन्द अरुणले वैशाख पुर्णिमा अर्थात वुद्ध जयन्तीलाई अन्तराष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने संयुक्त रुपमा घोषणा गरेका थिए । 
 
कार्यक्रममा काउन्टीतर्फवाट बोर्ड अफ सुपरभाइजर फिलिस जे र्यानडल, भर्जिनिया हाउस अफ डेलिगेटका जन जे बेल, राज्य सेनेटर जेनिफर वोयस्को, वोधिसत्व स्वामी आनन्द अरुण, नेपाली समुदायतर्फवाट भर्जिनियाका हरि शर्मा र ओशो सन्यासी सुर्वण पन्तले अन्तराष्ट्रिय ध्यान दिवस (इन्टरनेशनल मेडिटेसन डे) घोषणापत्रमा हस्ताक्षर गरेका थिए । वैशाख पुर्णिमा गौतम वुद्ध जन्मेको, निर्वाण प्राप्त गरेको र देहान्त भएको दिन हो ।  
 
काउन्टीका तर्फवाट कार्यक्रममा बोल्दै बोर्ड अफ सुपरभाइजर र्यानडलले भर्जिनिया अत्यन्त व्यस्त राज्य रहेको हुदा आत्महत्याको उच्च दर रहेको उल्लेख गरेकी थिइन् । उनले आफुले समेत ध्यान गर्न इच्छा व्यक्त गरेकी थिइन् । ‘हामी सवैलाई ध्यानको आवश्यकता रहेको छ’ उनले भनिन् ‘त्यसैले अन्तराष्ट्रिय ध्यान दिवसको लागि घोषणापत्रमा हस्ताक्षर गर्न पाउदा निकै खुशी लागेको छ ।’
 
यसैगरि कार्यक्रममा सेनेटर वोयस्कोले भर्जिनियास्थित नेपाली समुदायसँग ध्यान तथा योगाको लागि सहकार्य गर्न चाहेको बताइन् । उनले नेपाली समुदायसँग सहकार्य गर्न इच्छुक भएको बताइन । 
 
हाउस अफ डेलिगेटका जे बेलले अन्तराष्टिय ध्यान दिवसको एजेन्डा अगाडी वढाएकोमा स्रहाना गरेका गर्दै नेपाली समुदाय र आनन्द अरुणले धन्यवाद दिएका थिए । आनन्द अरुणले विगत केहि वर्षदेखि नै वुद्ध पुर्णिमालाई अन्तराष्ट्रिय ध्यान दिवस बनाउन पहल गर्दै आएका थिए ।  
 
कार्यक्रममा आनन्द अरुणले व्यस्त जीवनमा ध्यानको महत्व तथा व्यस्त समयमा वावजुद पनि कस्ता ध्यानका विधि गर्न सकिन्छ भनेर जानकारी दिएका थिए । उनले आफ्नो लागि यो ऐतिहासीक दिन भएकोे उल्लेख गरे । उनले अमेरिकामा सवै सुख सुविधा भएपनि ध्यानको अभावका कारणले मानिस तनावग्रस्त भएको बताए  । ‘दैनिक २० मिनेट ध्यानका लागि निकाल्ने हो भने जिवन धेरै व्यवस्थित हुन्छ,’ उनले भने । 
वुद्ध पुर्णिमामालाई विश्व ध्यान दिवसको अन्तराष्ट्रिय रुपमा मान्यता दिनको लागि नेपाल सरकारले नै संयुक्त राष्टसंघमार्फत पहल गर्नुपर्ने हुन्छ । 
 
कार्यक्रमपछि आनन्द अरुणसँग भएको व्यक्तिगत कुराकानीमा र्यानडल, वेक्सटन र जे बेलले ध्यानप्रति गहिरो इच्छा व्यक्त गर्दै गौतम वुद्ध तथा नेपालको बारेमा जिज्ञासा राखेका थिए । साथै कुराकानीमा ओशो तपोवन सँगसँगै अन्य धार्मीक तथा आध्यामिक गुरु तथा ध्यानको विषयमा समेत छलफल भएको थियो । 
 
‘योसँगै हामीले अब यहाँको राज्य तथा काउन्टीसँग सहकार्य गरि ध्यानका गतिविधि अगाडी बढाउने योजना बनाएका छौ,’ भर्जिनियाका ओशो सन्यासी सुर्वण पन्तले भने । भर्जिनियाका नेपाली समाजसेवि हरी शर्माले यो कार्यक्रममा नेपाली समुदायको विकासमा टेवा पुर्याएको ध्यान दिवसको घोषणापत्र समेत पढेर सुनाएका थिए । 
 
घोषणापत्रमा ध्यान र बुद्ध पुर्णिमाको वारेमा केन्द्रीत रहेको थियो । पन्त र शर्माले यो कार्यक्रमको लागि लाउडन काउन्टी तथा राज्यका विभिन्न पदाधिकारीसंग समन्वय गर्दै आएका थिए ।
विगत ५० वर्षदेखि सदगुरु ओशोसँग जोडिएका आनन्द अरुणले अमेरिकामा विगत ११ वर्षदेखि ध्यान तथा योगा शिविर गराउदै आएका छन्  भने एक कम्युनसहित एक दर्जन भन्दा वढि ओशो ध्यान केन्द्रहरु स्थापना गरेका छन् जहाँ ओशो मात्र नभई विभिन्न धार्मीक तथा आध्यात्मिक गुरुले प्रतिपादन गरेका ध्यान तथा योगा विधि प्रयोग गरिदै आएको छ ।  
 
उनले अमेरिकाको झण्डै एक दर्जन शहरमा हरेक वर्ष ध्यान शिविर गराउदै आउनुका साथसाथै विभीन्न राज्यमा रहेका नेपाली समुदायलाई केन्द्रित गरि ध्यान तथा तनाव व्यवस्थापन कार्यक्रममा सञ्चालन गर्ने गर्दछन् ।