कोलोराडो, अमेरिका – कोलोराडोमा रक्तदान जिवनदान किन र कसरी बिषयक एकदिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा केन्द्रिय उपाध्यक्ष रेशम घर्तीको प्रमुख आतिथ्यतामा ब्रुमफिल लाईब्रेरीमा उक्त जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कोलोराडो भाईटेलेन्ट मार्केटिङ मेनेजर टेलर रोबटर््सन र रेकूट्मेन्ट रेप्रिजेन्टेटिभ विट्नी नेस्सोनले कोलोराडोमा रगतको माग र अवस्थाका बारेमा सहभागीहरुको प्रश्नको उत्तर दिएका थिए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी रेशम घर्ती, ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, डा.पंकज तिमल्सेना, ब्लड डोनर्स अफ अमेरीका टेक्सास च्याप्टरका संयोजक प्रेम श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी पदम विश्वकर्मा, नेपाली घरका अध्यक्ष लछुमन राना, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष कुमारजंग कार्की, समीर आचार्य, लगायतका अतिथीहरुले बक्तब्य तथा कविता मार्फत कार्यक्रमको महत्व दर्शाएका थिए ।
हरेक चार महिनामा मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जीवन बचाउन सकिने भएकोले नियमित रुपमा रक्तदान गर्न विज्ञहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा संस्थासंग आबद्ध आजीवन सदस्यहरुलाई प्रमाण पत्र र पिन बितरण गरिएको थियो । त्यसैगरी नेपाल स्तरीय रक्तदान संम्बन्धि जनचेतना मुलक कबिता प्रतियोगीताको जिम्मेवारी सफलताका साथ सम्पन्न गराएका भुषणलाल श्रेष्ठलाई प्रमुख अतिथी घर्तीले टोकन अफ एप्रीसियसन प्रदान गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरीका केन्द्रिय कार्यकारी सदस्य टिका पौडेलले स्वागत मन्तव्य राख्दै अगाडी बढाएका कार्यक्रम डा.संगिता सोत्रीयाले संचालन गरेकी थिईन ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापती तथा कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले उपस्थित सबैलाई धन्यबाद दिदै सबै संघ संस्थालाई हातेमालो गर्दै अगाडी बढ्न आग्रह गरे ।







प्रतिक्रिया