हिमालयखखर सवाददाता
अमेरिका- अमेरिका सरकार खर्च अभावले आंशिक वन्द भएको एक महिना हुन लाग्दा पनि राष्ट्रपति र हाउस अफ रिप्रेजेन्टेटिभ कांग्रेसमा बहुमत रहेको डेमोक्र्याट पार्टी विच सहमती जुट्न सकेको छैन । सहमती जुट्ने भन्दा पनि दुई पक्षविच दुरी अझ फराकिलो वन्न थालेको छ ।
वासिंटन डीसीको यो संकट कसरी र कहिले सकिन्छ भन्न कठिन भएको छ । यो सट्डाउनले विभिन्न क्ष्ँेत्रमा प्रभावहरु देखिन थालेका छन् । शुक्रवार राती सरकार सट्डाउन २८ दिन हुन्छ । यो अमेरिकी इतिहासमा अहिलेसम्मकै सवैभन्दा लामो सरकार सटडाउन हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पल आफ्नो महत्कांक्षी घोषणा अमेरिका मेक्सिको सिमामा पर्खाल लगाउन करिव ६ अर्ब अमेरिकी डलर माग गरेपछि खर्च विद्येयक कांग्रेसमा अस्विकृत भएको हो । कांग्रेसको नेतृत्व डेमोक्र्याट पार्टीकी नेता नेन्सी पोलेसीले गरेकी छिन् ।
केही दिन यता वासिंटन डीसीमा भएका घटनाक्रमले राष्ट्रपति ट्रम्प र संसदमा बहुमत पार्टी कि नेता पोलेसी विच दुरी बढ्दै गएको छ । दुवै पक्ष आरोप र प्रत्यारोपमा लागेका छन् ।
यसैविच राष्ट्रपति ट्रम्पले स्विजरल्याण्डमा हुन लागेको विश्व आर्थिक मञ्चको वैठकमा सहभागीता रद्द गरेका छन् । पोलेसीको अफगानिस्तानको भ्रमणपनि रद्द भएको छ । अफगानिस्तानमा कार्यरत अमेरिकी सेनाको हौसला वढाउन पोलेसी सहितको संसदीय टोलीले त्यहां भ्रमण गर्ने योजना वनाएको थियो । कर्मशियल विमान सेवा मार्फत अफगानिस्तान जान लागेको यो टोलीको कार्यक्रम विवरण सार्वजनिक भएपछि सुरक्षाका कारण उक्त भ्रमण रद्द भएको हो ।
ह्वाइट हाउसले यो सुरक्षाका दृष्टिलेले संवेदनशील भ्रमणको तालिका सार्वजनिक गरिदिएको आरोप पोलेसीले लगाएकी छिन् । तर, ट्रम्पले भने यो अवधिमा दुई पक्षविच गम्भिर बार्ताका लागि समय हुने वताउंदै अर्को तालिकामा भ्रमण गर्ने व्यवस्था मिलाउने वताएका छन् ।
सरकार सटडाउन हुदां अमेरिकी सरकारका आधा भन्दा वढी कर्मचारीले पारिश्रमिक पाएका छैनन् । यसले पार्क सेवा देखि हवाई सुरक्षासम्म प्रभावित भएको छ । ग्रिनकार्ड, अमेरिकी नागरिकताका, आश्रयका लागि निवेदन दिनेको काम कारवाही सुस्त भएको छ । कर्मचारी अभावले ४० हजार भन्दा वढी आप्रावासीको अन्र्तवार्ता पछि सरेको अमेरिकी संचार माध्यमले जनाएका छन् ।
यसले निजी क्ष्ँेत्रको व्यवसायीक कारोवारमा पनि असर परेको छ । डेल्टा एयरले सरकार सटडाउन हुदां आफ्नो व्यवसायमा करोडौ हानी भएको दावी गरेको छ । तर, अमेरिकाको शेयर बजारमा भने यसको असर देखिएको छैन । शेयर बजार आफ्नै लयमा तल माथि भईरहेको छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया