नो प्यान्ट डे का दिनमा सयौँको संख्यामा महिला तथा पुरुषहरु मेट्रो रेलमा पाइन्ट नलगाइकन यात्रा गरे । जनवरी १३ तारेखमा विश्वका विभिन्न सहरमा पाइन्ट नलगाउने दिवस मनाइने चलन छ ।
न्युयोर्क, लण्डन, बर्लिन, प्राग लगायत विश्वका विभिन्न देशमा ‘नो प्यान्ट डे’ मनाइएको छ । ती सहरका मेट्रो रेलहरुमा पाइन्ट नलगाएका मानिसहरु प्रसस्तै देखिए ।
सार्वजनिक सवारी साधनमा यात्राका दौरान केवल कट्टु मात्र लगायतका धेरै मानिस देखिए । पाइन्ट नलगाएका मानिसहरु नेशनल ग्यालरी नजिकै जम्मा भएका थिए ।
ने प्यान्ट दिवस पहिलोपटक सन् २००२ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको थियो । यो पटकको दिवस १७ औँ हो । तस्बिर : सामाजिक संजाल
प्रतिक्रिया