मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाद्वारा भर्जिनिया र न्यूयोर्कमा अन्तरक्रिया

नेजाद्वारा भर्जिनिया र न्यूयोर्कमा अन्तरक्रिया


अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकाका दुई शहर न्यूयोर्क र भर्जिनियामा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
 
पत्रकार र सामुदायिक अभियन्ताहरुबीच न्यूयोर्कमा आइतवार सम्पन्न अन्तरक्रियामा धारणा राख्दैं सहभागिहरुले सामुदायिक अभियन्ताहरु र पत्रकारहरुकाबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताएका थिए । 
 
उनीहरुले प्रवासमा पत्रकारिताले नेपाली समुदायको प्रवद्र्दनमा समेत महत्वपूर्ण टेवा पुर्याएकोमा जोड दिदैं समाजभित्रको गलत विषयका साथैं सकारात्मक पक्षलाई समेत स्थान दिन आग्रह गरेका थिए । 
 
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिवक्ताहरुले पछिल्लो समय प्रवासमा समेत नेपाली भाषाका विभिन्न माध्यमका  संचारमाध्यमहरु बढ्नु सकारात्मक रहेपनि सन्तुलित र विश्वसनीयतामा भने कमी आएको भन्दैं त्यसतर्फ ध्यान दिन पत्रकारहरुसमक्ष अनुरोध गरेका थिए । 
 
त्यस्तैं, पत्रकारका प्रतिनिधि वक्ताहरुले समुदायमा सक्रिय विभिन्न संघ संस्था र त्यसका अभियन्ताहरुले संचारमाध्यम र पत्रकारहरुलाई समाजकैं लागि यिनीहरुले पत्रकारिता गरेका हुन् भनेर बुझ्न सक्दा धेरैं विषय सकारात्मक हुने बताए । उनीहरुले पत्रकारिताको गुणात्मक विकासका लागि सामुहिक प्रयासको खा“चो समेत औल्याएका थिए । 
 
नेजाका अध्यक्ष सुदीप पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका वाणिज्य दुत कुसु क्षेत्री, अवैतनिक महावाणिज्यदुत रिषी ढकाल, नेपाल सरकारका परराष्ट्र मन्त्रालय अन्तर्गत एनआरए सल्लाहकार खगेन्द्र क्षेत्री, जोय चौधरी, डा. तारा निरौला, गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी, महासचिव विआर लामा, विनोद तिवारी, बोर्ड अफ डाइरेक्टर संजय थापा, अमृत कट्टेल, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष रामसी  पोखरेल, एनआरएनए आइसिसीका सदस्य बन्दना कोइराला, विश्व शाह, जनसम्पर्क समितिका नेताहरु आनन्द विष्ट, विष्णु सुवेदी, प्रमोद सिटौला, मुनिन्द्र नेम्वाङ,रोशन ढुंगाना, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी, नेपाल आदिवासी जनजाती महासंघ अमेरिका(फिप्ना)का वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, लुइसाङ वाइवा, अधिकार संस्थाका संस्थापक नर्वदा क्ष्ँेत्री, अधिकारकर्मी सृजना काफ्ले, विवेक गौतम, एनआरएनएका सूर्य लम्साल, आदिवासी जनजाती समुदायका नेताहरु तथा पत्रकारको तर्फवाट नेजाका संस्थापक अध्यक्ष तथा सल्लाहकार गिरिश पोखरेल, अग्रज पत्रकार राजेश मिश्र, पूर्व अध्यक्ष तथा सल्लाहकार गौतम दाहाल, पूर्व अध्यक्ष तथा सल्लाहकार आङ छिरिंग शेर्पा, नेजाका पूर्व महासचिव तोया दाहाल, शैलेश श्रेष्ठ, अनुज थापा, अनिल अधिकारी, बद्री गौतम, ज्योति देवकोटा,मधुकर अधिकारी, पुनम पौडेल, विष्णुहरी घिमिरे, राजु आचार्य, लोकमणी राई, नेजाका कानुनी सल्लाहकार बासु फुलारा लगायतको सहभागिता रहेको थियो  । 
 
महासचिव किरण मरहठ्ठाले सहजीकरण गरेको कार्यक्रममा कोषाध्यक्ष मच्छेदेवी गुरुङले स्वागत र क्षेत्रीय संयोजक कल्पना घिमिरेले धन्यवाद मन्तव्य राखेका थिए । 
 
यसैगरी, नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले भजिर्निया राज्यको मनाससमा शनिवार अन्तरक्रिया सम्पन्न ग¥यो । अध्यक्ष सुदीप पन्तको अध्यक्षता र सचिव सुरज भण्डारीको संचालनमा भएको अन्तरक्रियामा सहभागीहरुले नेपाली भाषा, साहित्यको प्रवद्र्दन देखि समुदायको विकासमा पत्रकारिताले विशेष भूमिका निभाएकोमा जोड दिए ।
 
सहभागी समुदायका अभियन्ता वक्ताहरुले नेपाली समुदायलाई यहाको मूलधारमा जोड्नका लागि समेत पत्रकारिताले भूमिका खेल्नुपर्नेमा जोड दिदैं पत्रकारिताको मुल्य मान्यतालाई ख्याल गरी पत्रकारिता गर्न सुझाव समेत दिए । 
 
पत्रकारका तर्फवाट धारणा राख्दैं वक्ता पत्रकारहरुले पत्रकारिताले नैं समाजमा पत्रकारको विश्वसनियता झल्काउने भएकाले त्यसतर्फ सचेत नभए समुदायले त्यसको मुल्याकंन गर्ने हुदा त्यसमा सजगकता खाचो रहेको औल्याए ।
 
क्षेत्रीय संयोजक लिलादेवी ओझाले स्वागत मन्तव्य राखेको कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेजाका सल्लाहकार योगेश उपाध्याय, नेजाका संस्थापक अध्यक्ष्ँ एवं सल्लाहकार गिरिश पोखरेल, हरी अधिकारी, नेजाका संस्थापक सदस्य राजेश मिश्र, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल, तरुण पौडेल, रामप्रसाद खनाल, इन्जाका अध्यक्ष एवं नेजाका  पूर्व उपाध्यक्ष गुणराज लुइटेल, नेजाका कार्यसमिति सदस्य निधेश अधिकारी, मधुसुधन अधिकारी, सुनील मणी दाहाल, विजय थापा, विश्व थापा, विष्णु शितल, हर्नडन नगर सदस्य प्रदिप ढकाल, इन्डियन हेड अफ टाउनका उपप्रमुख किरण सिटौला, एएनएका अध्यक्ष मेदिनी अधिकारी, एनआरएनए भर्जिनियाका च्याप्टर सचिव सुरेश अधिकारी, परशुराम भण्डारी, सुरज अधिकारी लगायतको सहभागिता रहेको थियो ।