मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकासम्म जोडिन आएको नेपालमा भएको ठगी धन्दा

अमेरिकासम्म जोडिन आएको नेपालमा भएको ठगी धन्दा


अमेरिका- जर्मन नागरिक माइकल कोबोल्डको ठगी धन्दामा नेपाल स्थित अमेरिकी र वासिङ्टन डिसी  नेपाली दूतावास समेतको नाम जोडिएको छ । नेपालमा शक्तिशाली व्यक्तिसंगको चिनजानका आधारमा कोबोल्डले नेपालका सरकारी निकाय, निजी कम्पनी देखि सर्वसाधारणसम्मलाई झुक्याएका थिए । अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कार्कीलाई समेत यसमा मुछिएको छ  ।
 
यो प्रकरणमा पूर्व अमेरिकी राजदूत स्टक एच डेलीसी सोरवे इन्स्च्यिूट, एलाइना बी टेप्लिजको पनि नाम जोडिएको छ ।  यो कूटनीतिक निकायसंगको सम्बन्ध देखाउदै कोबोल्डले झुक्याएको दाबी पीडितले गरेका छन् ।
 
कान्तिपुर दैनिकले पर्यटन बोर्डका कार्यकारी निर्देशकको भनाई उद्दृत गर्दै कोबोल्डले अमेरिकाका लागि नेपाली राजदूत कार्कीको समेत सिफारिस ल्याएका थिए । तर, कार्कीले भने आफूले यस्तो कुनै सिफारिस नगरेको र ती व्यक्तिसँग चिनाजानसमेत नभएको दाबी गरेका छन् । तर, कान्तिपुर दैनिकको समाचारमा भने राजदूत कार्कीको हस्ताक्षरमा लेखिएको सिफारिसपत्र अनुसन्धानका क्रममा फेला परेको उल्लेख छ  ।
 
कोबोल्डले नेपालमा दमकल नरहेको भन्दै विश्वका विभिन्न देशका व्यक्तिलाई प्रभावमा पारी पैसा उठाएको कान्तिपुरको समाचारमा उल्लेख छ । तर, दमकल ल्याउने कार्यक्रम पटक पटक पर सारिएको समाचारमा छ ।
 
कोबोल्डको ठगी धन्दा नेपाल फायर ट्रक एक्सपिडिसनवाट सुरु भएको कान्तिपुरले जनाएको छ । यो एक्सपिडिसन अन्गर्तत अमेरिकाबाट सेकेण्ड ह्याण्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटिलाई बोलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रचार प्रसार गर्ने र नेपालको पर्यटन प्रचार गर्ने दाबी गरिएको थियो । यसका लागि चर्चित हलिउड कालाकारहरू नेपाल पुर्‍याउने समेत योजना थियो । यो अमेरिकी सञ्चारमाध्यममा समेत देखाउने गफ दिइएको थियो । यसका लागि पर्यटन बोर्ड, वालिगं नगरपालिका लगायतका निकायसँग पैसा उठाईको थियो ।
 
कोबोल्डले यो कार्यक्रमको समाचार अमेरिकी टेलिभिजन नेटकर्व पीबीसी र न्युयोर्क टाइम्समा आउने दाबी गरेका थिए । यही दाबीपछि उनको सोरवे इन्स्टिच्यूट अफ डेभलपमेन्ट नामक संस्था र पर्यटन बोर्डबीच २०१७ जनवरीमा सम्झौता भएको थियो । त्यसमा बोर्डले नेपाल फायर ट्रकलाई तत्काल एक करोड रुपैयाँ दिने र कार्यक्रम सम्पन्न भएप्छि थप रकम उपलब्ध गराउने भनिएको थियो । जानकारहरूका अनुसार काठमाडौस्थित पूर्व अमेरिकी राजदूत र अमेरिका स्थित नेपाली दूतावासको पहुँच दुरुपयोग गर्दै उनले पर्यटन बोर्डलाई सम्झौता गर्न सहमत गराएका हुन् कान्तिपुर समाचारमा उल्लेख छ ।
 
कान्तिपुरको समाचारमा भनिएको छ पयर्टन बोर्डसँग सम्झौता गर्ने उनको संस्था सोरवे इन्स्टिच्यूट फर डेभलपमेण्टका गतिविधि इन्टरनेटमा खोजी गर्दा भेटिदैंन । आफूले सम्झौता गर्न लागेको संस्थाको वैधानिक हैसियतसमेत नखोजी बोर्डले एक करोड रुपैयाँ दिएको खुलेको छ । बोर्डलाई झुक्याउन कोबोल्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्टक एच डेलीसी र एलाइना बी टेप्लिजसंगको चिनजानलार्य दुरुपयोग देखिन्छ ।
 
अमेरिकामा सोरवेले नेपालीहरूसँग पनि सहगोग भन्दै चन्दा उठाएको थियो । दुई दिन अघिसम्म पनि सोरवेले चन्दा दिनआग्रह गर्दै इमेल पठाएको एक नेपाली व्यवसायीले बताए । पहिले त मैले पैसा सहयोग गरेको हो ती व्यवसायीले भने अव त गर्दिन ।
 
विभिन्न सोसियल मिडियामा पनि नेपालमा सहयोग गर्ने भन्दै सोरवेले चन्दा मागेको थियो ।
 
यो प्रकरण मिडियामा आएको एक साता हुन लागेपनि अमेरिका स्थित नेपाली दूतावास र सोरवेले कुनै जानकारी सार्वजनिक गरेका छैनन् । अमेरिकामा चन्दा संकलनमा केही अन्य नेपाली पनि संलग्न भएका थिए ।
 
यस बाहेक कोवोल्डले श्रम शोषण गरेको, विभिन्न स्थानमा विल नतिरेको पनि कान्तिपुरको समाचारमा उल्लेख छ ।