नायक ऋतिक रोशनका पिता निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको र सर्जरी समेत गरिएको जानकारी ऋतिकले ट्विटरको माध्यमबाट दिएका छन् ।
राकेशका भाई राजेश रोशनले पनि अहिले स्वास्थ्य स्थिती राम्रो रहेको बताएका छन् । उनले केही दिनमा नै राकेशलाई अस्पतालबाट डिस्चार्ज मिल्ने उल्लेख गरेका छन् ।
ऋतिकले ट्विट गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गरेर राकेशको शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए ।
प्रतिक्रिया