मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अंग्रेजी न्यू इयर इभमा सौराहा भरिभराउ

अंग्रेजी न्यू इयर इभमा सौराहा भरिभराउ


सौराहा । चितवन पर्यटकीय नगरी सौराहामा अंग्रेजी नयाँ वर्ष २०१९ का लागि आन्तरिक तथा बाह्य पर्यटक भरिभराउ भएका छन् । 
 
सौराहाका १२५ भन्दा बढी होटलमा आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष्ग सुमन घिमिरेले जानकारी दिए । 
 
पन्ध्रौं चितवन हात्ती महोत्सवका कारण पनि सौराहामा पर्यटकको चाप बढेको उनले बताए । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् ।
 
करिब ३५ प्रतिशत वनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउनकै लागि बर्सेनि लाखौं पर्यटक नेपाल भित्रिने गर्छन् । यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पनि सौराहा पुगेकै हुन्छन् । 
 
नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तब्य हो । सौराहामा सुविधायुक्त १२५ होटलमा दैनिक करिब ३ हजार पर्यटक राख्न सकिने क्षमता रहेको छ ।
 
सौराहाको राप्ती किनारमा रहेको पब रेष्टुरेन्ट पर्यटकले खचाखच भएको रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान० सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । पर्यटकलाई मनोरञ्जन प्रदान गर्नका लागि नयाँ वर्षको अवसर पारेर विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको उनले बताए । 
 
पुस ११ गतेदेखि १५ गतेसम्म शुरु भएको चितवन हात्ती महोत्सवदेखि नै पर्यटकको चहलपहल बढेकोमा सोमबार यस वर्षकै सबैभन्दा धेरै पर्यटक सौराहा आएको होटल व्यवसायीहरुले बताएका छन् । 
 
सौराहासँगै पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघोलीमा पनि आन्तरिक पर्यटकले भरिएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । पर्यटन व्यवसायीका लागि जनवरीसँगै नयाँ पर्व र उमंग पनि सुरु भएको छ ।