लसएन्जलस (अमेरिका)- लसएन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा संचालित पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई
सगुनले एक लाख डलर बराबरको शेयर दिने घोषणा गरेको छ ।
श्रीपशुपतिनाथ फ़ाउन्डेशनका अध्यक्ष गोकुल पौड्यालले सगुनमा गरेको शेयर लगानी पचास हज़ार डलर बापत सो रकमको दोब्बर (एक लाख डलर) को शेयर फ़ाउन्डेशनलाई प्रदान गर्ने घोषणा सगुनले गरेको आधिकारिक जानकारी फ़ाउन्डेशन मार्फ़त प्राप्त भएको छ ।
भरखरै मात्र संसारकै चर्चित प्रविधी कम्पनी माईक्रोसफ्टको ‘च्यारिटी संस्था’ को रुपमा नामाकिंत भएको श्रीपशुपतिनाथ फ़ाउन्डेशनलाई यो अर्कों एउटा सफलता प्राप्त भएको छ ।







प्रतिक्रिया