मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन

लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन


काठमाडौँ- लोक गायक बुद्धिकृष्ण लामिछानेको  निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।
 
उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । उनको उपचारमा सहयोग गरिरहेको विनयजंग बस्नेतले लामिछानेको शुक्रबार निधन भएको पुष्टि गरे ।
 
नेपाल साङ्गीतिक संघका अध्यक्ष मिलन मोक्तान  अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । 
 
लामिछानेको शव श्रद्धाञ्जलीका लागि ४ घण्टा घरमा राखेर आजै अन्तयेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । 
 
लामिछानेका २ छोरा रहेका छन् । उनले वि.सं २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए ।
 
स्व.लमिछानेका घाँसै काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका लोकगीतहरु चर्चित छन् ।