मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अमेरिकी पासपोर्टमा नेपाल जाँदा १६० डलर लाग्ने

अमेरिकी पासपोर्टमा नेपाल जाँदा १६० डलर लाग्ने


हिमालयखवर संवाददाता
काठमाडौँ- अमेरिकी नागरिकता लिएका नेपालीले पनि अव नेपाल जाँदा भिषा बापत पहिले भन्दा बढी रकम तिर्नु पर्ने भएको छ । नेपाल सरकारको निर्णय अनुसार नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका नेपालीले नेपाल जाँदा भिषाका लागि १ सय ६० डलर लाग्ने भएको हो ।
 
यो शुल्क तिरेपछि पाँच बर्से मल्टिपल भिषा पाइने छ । अमेरिकी नागरिकलाई पनि यतीनै शुल्क लाग्छ । यस अघि नेपालले अमेरिकी नागरिकलाई ९० दिनका लागि एक सय डलरमा भिषा दिदैं आएको थियो । मल्टिपल भिषा लिएपछि पाँच वर्ष नेपाल प्रवेश गर्दा केही तिर्नु पर्दैन ।
 
भिषा लिएपछि ६ महिना नेपाल बस्न पाइने छ । नेपालीलाई पनि अमेरिकी भिषा लिदां १६० डलर तिर्नु पर्छ । विद्यार्थी भिसामा आउनेले भने यसबाहेक २ सय डलर थप तिर्नु पर्छ ।
 
विदेशमा स्थायी रूपमा बसोबास गर्ने नेपालीका लागि एनआरएन कार्डको पनि व्यवस्था छ । करिब ५ सय डलर तिरेपछि एनआरएन कार्ड लिन सकिन्छ । नेपाली दूतावासले एनआरएन कार्ड जारी प्रदान गर्छन् । एनआरएन कार्डमा १० वर्ष नेपाल जाँदा भिषा लिनु पर्दैन ।
 
संविधानमा विदेशी नागरिकता लिएका नेपालीलाई एनआरएन नागरिकता दिने व्यवस्था गरिएको छ । तर, यो प्रावधान अहिलेसम्म कार्यान्वयनमा आई सकेको छैन ।
 
एनआरएन अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, एनआरएन अमेरिका पूर्व अध्यक्ष खगेन्जी जिसी लगायतले एनआरएनलाई नागरिकता बारे संसद्को राज्य व्यवस्था समितिमा आफ्नो धारणा राखेका थिए ।