मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिका सटडाउन

अमेरिका सटडाउन


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिका संघिय सरकार शनिवार मध्येदेखि खर्चविहिन हुदां करिव ४ लाख कर्मचारी प्रभावित भएका छन् । करिव ८ लाख संघिय कर्मचारी मध्ये आधाले यो सरकार सटडाउनको समस्या नहट्दासम्म पारिश्रमिक पाउने छैनन् । यस अनुसार ४ लाख कर्मचारी बिना तलव यो समस्या नहट्दासम्म घरमै वस्नुपर्ने छ ।
 
 यो सटडाउनले अत्याश्वयक सेवाका क्षेत्रभने प्रभावित भएका छैनन् । तर, डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीज, डिर्पाटमेण्ट अफ स्टेट, इन्टिरियर लगायत केही सरकारी कार्यालय प्रभावित भएका छन् । विदेशस्थित कुटनीतिक नियोगहरुको कामकारवाहीमा पनि असर पर्ने छ । क्रिसमस र नयां बर्ष यहांको मुख्य विदाको समय हो । यसवेला हवाई सेवाको व्यवस्थापन भने निरन्तर हुने छ । तर, केही पार्कहरु भने वन्द भएका छन् ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका मेक्सिको सिमामा पर्खाल लगाउन ५ अर्ब अमेरिकी डलर प्रस्ताव गरेपछि खर्च विद्येयकमा सहमती नजुट्दा सरकार सटडाउनको अवस्था आएको हो । मेक्सिको अमेरिका सिमामा पर्खाल लगाउने राष्ट्रपती ट्रम्पले उम्मेदवारीकै क्रममै घोषणा गरेका थिए । तर, हाउस अफ रिप्रेजेन्टिेटिभमा अर्थात कंग्रेसमा बहुमत भएको डेमोक्र्याटीक पार्टीले पर्खालमा गरिने खर्चको विरोध गर्दै आएको छ ।
 
सरकार सटडाउन कहिलेसम्म हुन्छ ? यसको कुनै टुंगो छैन । राष्ट्रपती ट्रम्प परिवार सहित अहिले फ्लोरिडामा छन् । तर, दुई पक्षिय विच अनौपचारिक वार्ताहरु भने भईरहेका छन् ।
 
सरकार सटडाउन हुन नदिने गत शनिवार मध्येरातसम्म कंग्रेसले खर्च विद्येयक स्विकृत गर्नुपर्ने थियो । राष्ट्रपति र डेमोक्र्याट पार्टीका नेताहरु विच सहमतिको प्रयास जुटाउन छलफल भएपनि यो निष्कर्षमा पुग्न नसक्दा यस्तो अवस्था आएको हो । यो समस्या आउनुमा दुवै पक्षले एक अर्कोलाई दोष लगाएका छन् ।
 
अमेरिका अहिले भावि आर्थिक मन्दीको त्रासमा छ । राजनीतिक समस्याले अर्थतन्त्रलाई प्रभावित पारेको छ । यसको असर यो महिना अमेरिकी सेयर बजारमा देखिएको थियो । सेयर बजार सुचक डोजोन्स लगातार तल झरिरहेको छ । नयां रोजगार सृजना हुने क्रममा केही शिथिलता देखिएको छ भने घरहरुको विक्रीपनि खस्किएको छ । तस्बिर: सामाजिक संजाल 
 

शेयर गर्नुहोस:

0
Shares