मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सासको साधारण सभा: साधारण सदस्यता निशुल्क, आजीवन सदस्यता १०० डलर

नेपाली समाज टेक्सासको साधारण सभा: साधारण सदस्यता निशुल्क, आजीवन सदस्यता १०० डलर


  • निशुल्क सदस्यताको ब्यवस्था र आजिवन सदस्यताको प्रवधानमा परिवर्तन 
  • वोर्ड अफ ट्रस्टीको ब्यवस्था
  • कार्यसमिति बिस्तारमा नयाँ स्वरुप आदि
 
प्रवासमा नेपालीहरुका धेरै संध संस्थाहरु जन्मेका छन । यी संस्थाहरुले नेपाल र नेपाली समाजको हक हितकालागी सामाजिक जवाफदेहीता बहन गर्दै जिम्मेवारीपुर्ण कर्तब्य पुरा गर्ने उद्देश्यकालागि स्थापना भएका हुन । तर आफ्नो कर्तब्यमा सदैव अग्रिणी ति तमाम मध्येको एउटा उदाहरणिय संस्था नेपाली समाज टेक्सस नाम हो । 
 
सन १९९८  मा ड्यालसको एउटा सानो “हबेली रेस्टुरेन्ट” बाट केही नेपाली जागरुक यूवाहरुले हरिदेव जोशी को संयोजनमा स्थापना गरेको एडहक कमिटिले पहिलो निर्वाचन गरि नेपाली समाज सन १९९८ मै सुदीप राज शर्माको अध्यक्षतामा कमिटी गठन गर्दा जम्मा २५० जना नेपालीहरु  रहेको अनुमान गरिएको थियो। अहिले सन २०१८ सम्म पुग्दा करिव चालिस हजार नेपालीहरु बसोवास रहेको टेक्सासमा यो संस्था नेपालीहरु मर्दा-पर्दाको साझा चौतारीको रुपमा विकसित छ । तर पनि अहिले सम्म यो संस्थासंग करिव दुईहजारको हाराहारीको क्रियाशिल सदस्यहरु बोकी हिडेको छ । यति ठूलो नेपालीहरुको जनघनत्व भएको टेक्सासमा संस्था भित्र क्रियाशिल सदस्यहरुको न्यून सहभागिता हुनु र बेलाबखत नेपालको मूलदारको राजनितीका आधारमा सामाजिक संस्थामा हुने सदस्यता बिबाद र चलखेलले सधै बिबाद ल्याउने गरेको छ । 
 
नेपालीहरुको टेक्सासमा बढ्दै गएको जनसंख्याको अनुपात र संस्थालाई कसरी सक्रिय बनाएर लैजाने भन्ने हालको चुनौतीलाई सामना गर्न र संस्थालाई दिगो रुपमा संस्थागत बिकासकालागि बर्तवान अपरिहार्य छ भन्दै नयाँ कार्य समितिले केही परिवर्तनका मार्गचित्रहरु सहित संस्थाको साधारण सभाबाट पारित गराएको छ । 
 
यस कार्यसमितिको सुरुआतसंगै करिव दशहजार अमेरीकी डलरको पुर्बसमितिले तिर्नपर्ने घाटा बजेटबाट कार्य थालनी गरेको र हाल सबै चुक्ता गरी करिव पन्ध्र हजारको हाराहारीमा खातामा पैसा जम्मा रहेको संस्थाको आयव्यय बिवरण सहितको कोषाध्यक्षको प्रतिबेदन र हाल सम्म गरेक कामहरुको समिक्षा सहितको महासचिव भक्त भण्डारीले कार्यसमिक्षा सहित तलका पक्षमा सुधारका लागि पेश गरेको प्रस्ताव साधारणसभाले पास गरेकोछ । 
 
प्रस्ताव नम्वर १ सदस्यता सम्वन्धमा नयाँ प्रवधान
हाल समाजको विधानमा सदस्यतालाई चार किसिमको सहने प्रवधान छ । जसमा साधारण, विधार्थी,आजीवन र मानार्थ सदस्यता रहेको छ । जसलाई परिमार्जन गरी समाजमा बढी भन्दा वढी सदस्य संख्या बनाउँदै दीगो र बलियो रुपमा संस्थालाई विकास गर्न सम्पर्क भन्दा टाढा रहेको ठूलो नेपाली समूदायलाई यसमा समावेश गराउने उद्दश्यबाट हालको साधारण र विधार्थी सदस्यलाई खारेज गरी साधारण सदस्य मात्रैं राख्ने र यसलाई निःशुल्क उपलब्ध गराउने ।
तर यस प्रावधानका सदस्यले मतदानमा सहभागिता जनाउन पाउने छैनन । तर समाजले उपलब्ध अन्य सबै सुविधा भने अरु सरह प्राप्त गर्न सक्नेछन । समाजले उपलब्ध गराउने विभिन्न छात्रवृती, बिशेश छुट कार्डको व्यवस्था लगायत स्वास्थ्य परिक्षण सेवा आदिमा भने उनीहरुले समान रुपमा सुबिधा पाउने छन । 
 
अर्को किसिमको सदस्य भनेको आजिवन सदस्य हो । जसलाई विशेष सदस्य पनि भन्न सकिनेछ  र यसको सदस्यता शुल्क एक सयको प्रस्ताव राखिएको छ । यसै समूहका सदस्यहरुबाट कार्य समितिमा चयन र मतदानमा भाग लिन पाउने प्रवधान राखिएको छ ।  एक सय डलरको यो आजीवन तथा बिशेश सदस्यले नेपालको राजनैतिक प्रभावबाट संस्था टाढा राख्न सहयोग गर्ने दाबी छ । दीगो रुपमा संस्था संचालन गर्न संख्यात्मक वृध्दि हुन जाने निःशुल्क सदस्यहरुको नामावलीको उपयोग गरी बिभिन्न व्यापारी संस्थाको बिज्ञापनकोबाट नियमित संस्थाको आय गराउने प्रस्ताव पेश गरेको छ । साथै अर्को किसिमको मानार्थ सदस्यतालाई भने पहिलेको जस्तै कायम राख्नु पर्ने प्रावधान प्रस्ताव पारित भएकोछ  ।  
 
प्रस्ताव नम्वर २ वोर्ड अफ ट्रस्टी (विओटी) सम्वन्धमा 
संस्थालाइ संचालन गर्न विओटी अर्थात वोर्ड अफ ट्रस्टीको स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । यसले संस्थालाई अविभावकत्व दिनुका साथै संरक्षण समेत गर्ने हुँदा यसको व्यवस्था गर्नुपर्ने खाचो देखिएको छ । संस्थाको विगतदेखि नै हामीले हेऱ्यौ भने जहिले जहिले नयाँ कार्यसमिति आउँछ, त्यो समितिले जिरोवाट सुरु गर्नुपर्ने अवस्था छ, अझ कतिपय अवस्थामा त माइनसवाट नै शुरु गर्नुपर्ने अवस्था  छ । यो हुनुको पछाडी संस्थाको ब्याग वोनको नहुनु हो । त्यो ब्याग वोन भनेको बोर्ड अफ ट्रस्टी हुनेछ । वोर्ड अफ ट्रस्टीको व्यवस्थाले आर्थिक रुपमा समेत संस्था बलियो हुन मद्दत पुग्नेछ । विओटी भनेको समाजको अभिभावक अर्थात कार्यसमितिको समेत सल्लाहकार बडी जस्तो हुने भएकाले विओटीका सदस्यहरुले कार्यसमितिको निर्वाचनमा देखिने गरी कसैलाई सहयोग गर्न पाउने छैनन । तर विओटीको मुख्य दायित्व भनेकै संस्थालाई वलियो बनाउन अभिभावकीय भूमिका खेल्ने हो । हामीले यो संस्था आउदा नै एउटा आकस्मिक कोषको कुरा गरिरहेका छौ । त्यो गराउन गाह्रो होइन तर त्यो मुल रकमको संरक्षण कसरी गर्ने भन्ने हो त्यो समेत विओटी बन्दा हुन सक्दछ । यसका साथैं भविष्यमा एनएसटीको भवन देखि पाठशाला भवन बनाउने सम्मका योजनाहरु ल्याउनुपर्ने हुनाले विओटीको भूमिका संस्थाको बिकासमा ठूलो भूमिका रहन्छ । यो विओटीको कार्यसमितिको चयनको लागि थप विनियम वनाएर लैजान सकिनेछ भन्ने प्रस्ताब पनि पारित भएकोछ I
 
प्रस्ताव नम्वर ३ कार्यसमिति विस्तार सम्वन्धमा
नेपाली समाज टेक्सस विधानले टेक्सस भरीका नेपालीको साझा संस्था हो । तर विडम्वना यो संस्था झन झन खुम्चिदै गएको अवस्था छ । अहिले सम्म यस संस्थालाई डयालास फोटवर्थको संस्था जस्तो मात्र बनाएका छौं । यसलाई फराकिलो वनाउन कार्यसमिति विस्तार गर्नु पर्ने देखिन्छ । कार्यसमिति विस्तार गर्ने क्रममा एक जना वरिष्ठ उपाध्यक्ष र अन्य चार जना उपाध्यक्ष राख्ने व्यवस्था गर्न आवश्यक छ । तर ती चार जना उपाध्यक्षहरु टेक्ससको विभिन्न भौगोलिक क्षेत्रहरुवाट प्रतिनिधित्व सुनिश्चित हुने गरी कार्यसमितिले मनोनयन गर्ने प्रावधान राख्नु आवश्यक देखि प्रस्ताव गरिएको छ । ड्यालास फोर्टवर्थ क्षेत्रको मात्रै नभई यसलाई अस्टिन, ह्युष्टन, वाईको, सानआन्टिनियो, लवक लगायतका ठूला शहरमा तत्काल विस्तार गर्न नसकिएपनि कम्तिमा ड्यालसको पुरै क्षेत्र समेटी समाजको क्षेत्र बिकास गर्नुपर्ने देखिन्छ भन्ने  प्रस्ताब पनि पारित भएकोछ I
 
प्रस्ताव नम्वर ४ मतदाता दर्ता सम्वन्धमा 
मतदाता दर्ता सम्वन्धमा चर्चा गर्दा कतिपय अवस्थामा निर्वाचनको लागि सदस्य वनाउने वा भनौ अन्तिम समयमा सदस्य वनाउने अस्वस्थ्य प्रतिष्पर्धा हुने भएकाले अन्य समयमा सदस्यता आवेदनलाई सधै खुला राख्दै निर्वाचनको मिति घोषणा भएको एक महिना अघि देखि निर्वाचनको परिणाम नआउदासम्मको लागि स्थगन गर्नु पर्ने आवश्यक रहेको छ ।  यसो गर्दा सदस्यता स्वतस्फुर्त ढंगले बन्ने मात्र नभई निवार्चन समेत अस्वस्थ्य नहुने हुदा यो प्रस्तावमा पनि सहमती भएको छ । 
 
प्रस्ताव नम्वर ५ भुकम्प वापतको रकम सम्वन्धमा 
नेपालमा सन् २०१५ भुकम्प जाँदा ठूलो धन जनको क्षति भएको थियो । भुकम्प पछि उद्दार तथा पुर्ननिमार्णमा देश विदेशबाट सहयोग जुटाइएको थियो । यसको लागि नेपाली समाजा टेक्सासले समेत सहयोगको रकम उठाएको थियो । यसको लागि प्रत्यक्ष रुपमा समाज सहभागी नदेखिएता पनि उक्त सहयोग समाजकै आह्वानमा ठूलो मात्रामा रकम उठेको थियो । जसको लागि भुकम्प राहत संकलन समिति बनेको थियो ।  यस क्षेत्रमा सबैंको साथ र सहयोगले रकम जुटेको थियो । तर कहिले कहि त्यो पैसालाई लिएर प्रश्नहरु उठ्ने गरेका छन । समाजकै आग्रहमा यस संस्थाले समेत त्यसमा चासो राखेको छ । हुनत: त्यसमा संकलित सहयोगवाट नेपालमा केही विद्यालयमा भवन समेत निर्माण भई रहेको र केही सम्पन्न भैसकेका छन । तर पनि यसमा उठेको बत्तिस हजार अमेरीकी डलर परिचालन नभएको अवस्था छ । जसलाई सार्वजनिक गरियो भने आउँदा दिनमा कसरी उपयोग कसरी गर्ने भन्ने सम्वन्धमा एनएसटीले प्रस्ताव पेश गर्ने बारे सहमती भएकोछ ।   
 
अन्त्यमा 
नेपाली समाज टेक्सासले गरेका गतिबिधी र अहिले सम्मको आर्थिक अवस्थाका बारेमा जान्न नेपाली समाज टेक्सासको वेबसाईटमा पारदर्शी रुपमा राखिएको जानकारी सहितको समाजका कोषाध्यक्षको आर्थिक बिवरणमा छलफल भएको थिए ।  यसै गरी नेपाली समाजलाई थप गतीशीलता दिनकालागी यूवाकोअर्टीनेटरको तीनजना बिधार्थीलाई छात्रबृतीका कार्यक्रम लगाएत बिभिन्न नयाँ कर्यक्रम पेश भएका थिए । छलफलका क्रममा सदस्यता बितरण र भुकम्पको समयमा उठेको रकमको बारेका चर्का चर्की बहस भएता पनि अन्तमा नेपाली समाजले राखेका प्रस्ताब गरेका पक्षमा सहमती जुटेको थियो ।