ड्यालस (टेक्सस)- सांस्कृतिक तथा कलाको क्षेत्रमा कृयाशील ईन्द्रेणी सांस्कृतिक संघको नयाँ नेतृत्वकर्तामा सुशील क्षेत्री चयन भएका छन् ।
शनिवार भएको साधारण सभाले क्षेत्रीको नेतृत्वमा निर्विरोध रुपमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा युवराज खनाल, उपाध्यक्षमा उत्तम खड्का, महासचिवमा जीवराज बुढा, सचिवमा रुपक खड्का र कोषाध्यक्षमा देवीलाल शर्मा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अमरनाथ शाह, भुवन अधिकारी, दिलीप सुवेदी, हेमन्त गेलाल, कृष्णप्रसाद भट्टराई, संजीव पराजुली, तेज अर्याल र सुनिता खनाल चयन भएका छन् ।







प्रतिक्रिया