मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिकागो र डेनभर डाउन टाउनमा गोली चल्दा चारको मृत्यु

सिकागो र डेनभर डाउन टाउनमा गोली चल्दा चारको मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको सिकागो स्थित अस्पतालमा गोली चल्दा प्रहरी अधिकृत, डाक्टर र औषधी सम्वन्धि सहायक गरी तीन जनाको मृत्यु भएको छ । यस घटनामा पर्नेसंग सम्वन्ध भएका गोली चलाउने बन्दुक धारीको पनि मृत्यु भएको छ । अन्य कयौं घाइते भएका छन् । 
 
सिकागो स्थित मर्सी अस्पतालमा उक्त घटना भएको हो । गोली चलाउने बन्दुक धारीको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको हो वा आत्महत्या गरेका हुन स्पष्ट नभएको स्थानिय प्रहरीले जनाएको छ । उक्त अस्पतालमा दिउसो साढे तीन बजे गोली चलेको थियो । बन्दुक धारीले एक जना घटनामा परेका व्यक्तिसंग विवाद भएपछि गोली चलाएको प्रत्यक्षदर्शी वनाएका छन् । यस पछि आपतकालिन नम्बर ९११ मा फोन गरिएको थियो । 
 
प्रहरी आएपछि बन्दुकधारीले उनीहरुमाथि पनि गोली चलाएका थिए । यस पछि गाडीमा चढेर ती बन्दुकधारी भागेका थिए । प्रहरीले उनलाई पछ्याएको थियो । यस क्रममा प्रहरी र ती बन्दुकधारी विच गोली हानाहान भएको थियो । यस क्रममा प्रहरीलाई गोली लागेको हो । 
 
प्रहरीले उद्धारका क्रममा पहिले अस्पतालका कर्मचारी र विरामीलाई सुरक्षित वनाउन प्रथामिकता दिएको थियो । गोली चलेपछि अस्पतालमा भागदौडको स्थित आएको प्रत्यक्षदर्शीले वताएको छन् । सिकागो अमेरिकामै सवैभन्दा वढी अपराध हुने शहर मध्येमा पर्छ । 
 
यसै गरी तुलनात्मक रुपमा सुरक्षित मानिने कोलोराडोको डेनभर डाउन टाउनमा सोमवार गोली चल्दा १ जनाको मृत्यु भएको छ । अरु चार जना घाइते भएको छन् । गोली लागेका पांच जनालाई डेनभर हेल्थ सेन्टरमा ल्याईएको उक्त अस्पतालका प्रवक्ताले बताएका छन् । यस मध्ये एकजनाको घटनस्थलमै मृत्यु भएको थियो । 
 
डेनभर प्रहरीले यो समाचार तयार गर्दा सम्म गोली चलाउने शंकास्पद व्यक्तिको वारेमा केही पनि जानकारी सार्वजनिक गरेको छैन । तस्बिर: सामाजिक संजाल