हिमालखवर संवाददाता
टेक्सस(अमेरिका)- टेक्सस ड्यालसमा शनिवार नेपालीले पैदल यात्रा वाक फर नेपाल मार्फत २५ हजार अमेरिकी डलर भन्दा बढी संकलन गरेका छन् । यो रकम धुलिखेल अस्पताललाई प्रदान गरिने आयोजकले बताएका छन् । समुदायलाई सुलभ सेवा दिदैं आएको धुलिखेल अस्पतालमा ब्रेष्ट क्यान्सर पत्ता लगाउने नयाँ उपकरण किन्न सहयोग गर्ने पैदल यात्रा वाक फर नेपालका आयोजक प्रदीप गिरीले जानकारी दिए ।
ज जसले सहयोग गर्नु भयो यसले नेपालको गरिब गाउँका समुदायलाई सहयोग पुगेको छ, गिरीले भने । यो अस्पतालले समुदायलाई राम्रो सेवा पुर्याइरहेको हुँदा रकम दिइएको गिरीले बताए । ड्यालसमा ६ वर्ष देखि निरन्तर वाक फरक नेपाल हुँदै आएको छ ।
यो मेसिन नेपालका लागि नै नयाँ हुन सक्छ, यसबाट ब्रेष्ट क्यान्सर प्रारम्भिक चरणमा पत्ता लाग्छ गिरीले भने । उक्त मेसिन किन्न बाँकी पैसा कमला शाक्य फाउन्डेशनले सहयोग गर्ने भएको छ । ड्यालसमा बस्ने नर्स कमला शाक्यको एक वर्ष अघि क्यान्सरबाट मृत्यु भएको थियो । स्व कमला वाक फर नेपालमा सधैँ सकृय थिइन ।
यो पैसाबाट किनिने मेसिनले ब्रेष्ट क्यान्सर प्रारम्भिक चरणमा पत्ता लगाउन सहयोग गर्ने छ । यसले प्राय महिलालाई हुने ब्रेष्ट क्यान्सरको उपचारमा सहयोग पुग्ने छ । यस प्रकारको मेसिन अहिलेसम्म नेपालमा नभएको बताइएको छ । धुलिखेल अस्पतालमा रहेको कम्यूनिटी सेन्टरले नेपालका नौ जिल्लाका गाउँ गाउँमा स्वास्थ्य क्याम्पहरू चलाउने गर्छ । यो मोबाइल मेसिन भएकाले यी जिल्लाका गाउँका समुदायले पनि सुलभ रूपमा यो मेसिन वाट चेकअफ गर्न सक्ने छन् ।
वाक फर नेपालमा ५ किलोमिटर पैदल यात्रा लगायत नेपाल चिनाउने झाँकीहरू देखाइएको थियो । नेपाली पञ्चे बाचा, विभिन्न नेपाली संस्कृति देखि सहभागीले अनुहारमा नेपाली झण्डा नक्साको चित्रमा देखिएका थिए ।







प्रतिक्रिया