हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको क्यार्लिफोर्निया जंगलमा लागेका भिषण अगालागीवाट केही नेपाली परिवार समेत विस्ताथिप भएका छन् । स्थानिय प्रशासनले लसएञ्जल्स नजिक कालाबास लगायतका क्ष्ँेत्रमा वसोवास गर्नेलाई अनिवार्य रुपमा सुरक्षित स्थानमा जान निर्देशन जारी गरेको थियो । यही कारण करिव १ दर्जनभन्दा वढी नेपाली परिवार घर छाडेर अहिले आफन्तका बसिरहेका छन् । त्यस क्ष्ँेत्रवाट २५ हजार वासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिईएको थियो ।
उक्त आगलागीमा नेपालीको घर नष्ट भएको जानकारी भने आएको छैन । आगो नियन्त्रण हुन अझ केही दिन लाग्ने वताईएको छ ।
क्यालिफोर्नियाको जंगलमा क्याप फायरका कारण उत्तर र दक्षिण क्षेत्रमा शुरु भएको भिषण अगालागीवाट अहिले सम्म ३१ जनाको मृत्यु भएको छ । ६ हजार ७ सय भन्दा वढी घर नष्ट भएका छन् । २ सय जना हराईरहेको स्थानिय प्रशासनले जनाएको छ । यसले गर्दा मृत्युहुनेको संख्या अरु वढ्ने अनुमान गरिएको छ । दक्षिणी क्यालिफोर्नियाका करिव १३ लाख मानिस यो आगलागीवाट प्रभावित भएको जनाईएको छ ।
कयौं कलाकार लगायत सेलिब्रेटीका घरपनि यो आगलागीवाट नष्ट भएका छन् । हावाको बहाव उच्च भएका कारण आगलागी नियन्त्रण गर्न कठिन भएको नियन्त्रण र उद्धारमा संलग्न अधिकारीहरुले वताएका छन् । आगो नियन्त्रण गर्न ठुलो संख्यामा अग्नी नियन्त्रक र उद्धारकर्ता परिचालन गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले टुईट गर्दै जगंलको अव्यस्थित व्यवस्थापनका कारण आगलागी फैलिएको आरोप लगाएका छ्न । आगलागीका कारण केही सडकहरु समेत अवरुद्ध भएको छ ।
प्रतिक्रिया