मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजको दशै तिहार मेला सम्पन्न

नेपाली समाजको दशै तिहार मेला सम्पन्न


हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससले बिदा भएको नेपालीहरूको ठूला पर्बहरू दशैं तथा तिहारलाइ स्मृतिमा राख्ने उद्वेश्यले शनिबार साँझ मेला अायोजना गर्यो ।
 
अर्भिङको शो बिजनेश स्टुडियोमा अायोजित भव्य कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवाहरूको उत्साहजनक सहभागिता थियो । नेपाली समाजले विगतमा अायोजना गरेका कार्यक्रमभन्दा अलग्गै खालको थियो शनिबारको कार्यक्रम ।
 
नेपालको परम्परागत लाखेनाचबाट सुरू भएको कार्यक्रममा स्थानीय कलाकारहरूहरूले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यस अवसरमा नेपाली सांगितीक क्षेत्रका जोडी उदय र मनिला सोताङले समेत निकै सुन्दर प्रस्तुति दिएका थिए ।
 
कार्यक्रमको सुरूमा नेपाली समाजका पूर्व अध्यक्षहरू कृष्ण लामिछाने, राम सी पोखरेललाइ सम्मान गरिएको थियो । त्यस्तै वर्तमान अध्यक्ष सुमन थापालाइ समेत सम्मान गरिएको थियो ।
 
स्थानीय नेपाली समुदायका सकृय युवा रोदन पोखरेलले सञ्चालन गरेको कार्यक्रममा अर्भिङ सिटीका डेपुटी मेयर अस्कर वार्ड, एनअारएन टेक्ससका अध्यक्ष भानु खरेल, एनअारएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह, उपाध्यक्ष उमा थापा,  शूभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 
राति मध्यरातसम्म चलेको कार्यक्रममा नेपाली समुदायका सदस्यहरूले भरपुर मनोरञ्जन लिएका थिए । 
 
कार्यक्रम नेपाली समाज टेक्ससको मुख्य अायोजना तथा नेपप रेकर्डस र सफल स्टुडियोको संयुक्त अायोजनामा कार्यक्रम भएको हो ।