मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको गहन भूमिका छ -पूर्व अर्थमन्त्री डा. महत

राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको गहन भूमिका छ -पूर्व अर्थमन्त्री डा. महत


हिमालयखवर संवाददाता- 
ह्युस्टन (अमेरिका)। राष्ट्र निर्माणमा गैर आवासीय नेपालीको भूमिका अत्यन्त महत्वपुर्ण रहेको छ – नेपालका पूर्व अर्थमन्त्री एवम् काँग्रेस  नेता डा. रामशरण महतले यसो भनिरहंदा यहाँको नेपाली समुदायका सदस्यहरु उनको भनाई ध्यानपुर्वक सुनिरहेका थिए । 
 
हिजो मंगलबार साँझ आसीयाना रेष्टुँरामा आयोजित अनौपचारिक अन्तरक्रिया कार्यक्रममा डा. महतले भने – गैर आवासीय नेपालीको लगानी मात्र हैन उनीहरुको शीप , दक्षता र अनुभवबाट नेपालले ठूलो उपलब्धी पाउन सक्छ । 
 
अमेरिकाजस्तो उन्नत देशमा बसेर व्यापार व्यवसाय , प्राध्यापन र अन्य पेशामा उल्लेख्य फड्को मार्ने नेपालीहरुको ठूलो संख्या भैसकेको र त्यस्तो जनशक्ति नेपालको विकासमा अत्यन्त सहयोगी हुनाले त्यतातिर अभिमूख हुन पूर्व अर्थमन्त्रीले यहाँका नेपालीहरुलाई आह्वान गरे । 
 
उनले नेपाल यतिखेर चुनौतिपूर्ण स्थितिमा रहेको र त्यो चुनौतिबाट निस्किन देश संचालन गर्नेहरुमा इमान्दारीता , दॢढ इच्छाशक्ति र गफ हैन काम गरेर देखाउने कार्यकुशलता आवश्यक रहेको बताए । नेपालको संविधान अत्यन्त राम्रो भएपनि संघियता अनुकूल यसको कार्यान्वयन खर्चिलो र कठीन भएको डा. महतले आफ्नो तर्क राखे । 
 
२०४६ पछि नेपाली काँग्रेसले अवलम्बन गरेको उदार अर्थनीति कै कारण  शिक्षा, स्वास्थ्य , संचार र हवाई यातायातमा नेपालले ठूलै छलाङ मारेको र बामपन्थी सरकारले पनि त्यही उदार अर्थनीति पछ्याएको उनको धारणा थियो । 
 
एक प्रश्नको उत्तरमा डा. महतले अघाडि भने – जनता झुक्याउने हावादारी गफ हाँक्ने नेतॢत्वबाट समॢध्द नेपालको सपना पुरा हुदैन । 
 
उनले आफ्नो पार्टी नेपाली काँग्रेसको अधोगतिको मुख्य कारण सभापतिको अदुरदर्शीता र कमजोर व्यवस्थापकीय कार्यशैली भएको खुलस्त गरे । 
 
कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति गौरब शम्शेर राणाको पनि उपस्थिति थियो । त्यसैगरी नेप्लीज एशोसिएसन  अफ ह्युस्टनका अध्यक्ष डा. विष्णु नेपाल ,विभिन्न पेशा र व्यवसायमा कार्यरत नेपालीहरु अनतरक्रियामा सहभागी थिए ।
 
कार्यक्रमको संयोजन हिमालयखबरका सल्लाहकार सम्पादक तारा बरालले गरेका थिए । सहभागीहरु अरुण बाँस्कोटा , विष्णु नेपाल , ज्ञानेश्वर श्रेष्ठ , अजीत गोर्खाली , द्रोण गौतम , सुजन पण्डित , ज्ञानेन्द्र कार्की, जगदीश काफले लगायतले  डा. महतलाई विभिन्न प्रश्नहरु गरेका थिए । फोटो सौजन्य: सुजन पंडित