मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

निर्वाचन प्रारम्भिक नतिजामा डेमोक्र्याट पार्टी अगाडी

निर्वाचन प्रारम्भिक नतिजामा डेमोक्र्याट पार्टी अगाडी


हिमालयखवर संवाददाता- 
अमेरिका । अमेरिकामा संसदका लागि भएको निर्वाचनका प्रारम्भिक नतिजाहरु आउन शुरु गरेको छ । मंगलवार सांझ ८ बजेसम्म प्राप्त विवरण अनुसार तल्लोसदन मानिने कांग्रेसमा डेमोक्र्याटले प्रारम्भिक अग्रता दिएको छ । तर, प्रतिस्पर्धा भने निकै टक्करको छ ।
 
कांग्रेस सदश्यका लागि भएको निर्वाचनमा आठ वजेसम्मको प्रारम्भिक नतिजा अनुसार डेमोक्र्याट १०३ र रिपब्लिकन ९८ स्थानमा अगाडी छन् ।
 
तल्लो सदन कांग्रेस वाहेक राज्यको कार्यकारी प्रमुख पद ३६ राज्यमा गभर्नर ३५ सिनेटर सिटका लागि पनि मंगलवार अन्तिम मतदान भएको थियो ।
 
सवैभन्दा प्रतिस्प्र्धा अहिले टेक्ससमा सिनेटर पदमा परेको छ । परम्परागत रुपमा रिपव्लिकन पार्टीको गढ मानिएको टेक्ससमा हालका सिनेटर टेड कु्रज प्रारम्भिक नतिजामा पछि परेका थिए । तर, त्यहां टक्कर कडा छ । तस्बिर सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares