हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – प्रवासी मञ्च अमेरिका र इन्द्रेणी सांस्कृतिक संघद्वारा शनिबार आयोजित शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
फोर्टवर्थ नजिकै रहेको वातागा सिटीमा आयोजित कार्यक्रममा ड्यालसको नेपाली समुदायका व्यक्तिहरुले हालैमात्र बितेको बडादशैं र आउँदै गरेको तिहार तथा छठ पर्वका अवसरमा शूभकामना व्यक्त गरेका थिए ।
प्रवासी मञ्च टेक्सस राज्य कमिटी तथा ड्यालसमा सांस्कृतिक क्षेत्रमा कृयाशील इन्द्रेणीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उपस्थित नेपालीहरुले एकआपसमा शूभकामना आदान प्रदान गर्दै सहयात्रा गर्दै जानेमा जोड दिएका थिए ।
रात्रीभोज सहित आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व मञ्चका कार्यवाहक अध्यक्ष चन्द्रमणि पाण्डे तथा इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष ताराप्रसाद भुसालले संयुक्त रुपमा गरेका थिए ।
त्यस अवसरमा संघका संस्थापक भीम कार्की, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बञ्जाडे, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी, जनसम्पर्क समिति डिएफडब्लुका सभापति ज्ञानेन्द्र कार्की, एएनएका महासचिव विजयराज भट्टराई, एनआरएन टेक्ससका अध्यक्ष भानु खरेल, इन्द्रेणी सांस्कृतिक संघका सुशील क्षेत्री, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रस्टीका विनय अर्याल, नेपाली समाजका सचिव डा. परशुराम दाहाल, एचडीएनपीका देवी आचार्य, यति चेम्बर अफ कमर्सका पूर्ब उपाध्यक्ष बासु भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा पारिवारिक भ्रमणको क्रममा अमेरिका आएका डा. सुनिलकुमार पोखरेल, विष्णु नेपाल, लक्ष्मीकान्त शर्मा पौडेलले समेत शूभकामना व्यक्त गरेका थिए । सो अवसरमा बालकलाकार वृयंसा भट्टराईले नृत्य प्रस्तुत गरेकी थिइन् ।
इन्द्रेणीले विगतका वर्षहरुमा जस्तै यसपटक पनि तिहारका अवसरमा देउसीभैलो खैल्ने त्यस अवसरमा जानकारी दिइएको थियो ।
प्रतिक्रिया