मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा असाईलम लिने प्रावधानलाई थप कडा बनाइने

अमेरिकामा असाईलम लिने प्रावधानलाई थप कडा बनाइने


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  अमेरिकीमा आश्रय (असाईलम) लिन खोज्नेलाई सिमित वनाउने गरी अर्को नयाँ नियम ल्याउने बताएका छन् । विशेष गरी अमेरिकी पस्ने तयारीमा मध्ये अमेरिकी महादेशवाट अगाडी वढिरहेको मानव लस्करलाई हतोत्साहित गर्न राष्ट्रपतिले असाईलम प्रकृयालाई कडा वनाउन खाजेका हुन् ।
 
यसले अमेरिकामा शरण खोज्ने सयौं नेपालीपनि प्रभावित हुने छन् । यो प्रावधानको दुरुपयोग भएको हुँदा कडा कदम चाल्नु परेको राष्ट्रपतिले बताएका छन् । ट्रम्पले आफ्नो प्रशासनले अमेरिका प्रवेश गर्ने विन्दुमा असाईलम माग्ने प्रकृयालाई रोक्ने कानुन तयार पारीसकेको वताएका छन् । 
ह्वाइट हाउसले यस सम्वन्धि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन ।
 
अमेरिकामा मध्यावधि निर्वाचन हुनु एक साता पनि बाँकी नरहेको बेला राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन् । राष्ट्रपतिले केही दिन अघि विदेशी बाबुआमा वाट अमेरिका जन्मने सन्तान स्वत अमेरिकी नागरिक हुने प्रावधान पनि रद्द गर्ने सार्वजनिक गरेका थिए ।
 
राष्ट्रपतिले केही दिन अघि अमेरिका मेक्सिको सिमा क्षेत्रमा थप सैनिक पठाएका थिए । गैरकानुनी रुपमा आउने अप्रावासीलाई रोक्ने थप सैनिक परिचालन गरिएको हो । अप्रावासीहरुले सैनिक माथि ढुंगा प्रहार गरे वा आदेश पालना नगरे गोली हान्ने अधिकार पनि दिईएको छ । तस्बिर: सामाजिक संजाल