मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समुदायकी शर्मा नगरको बोर्डमा

नेपाली समुदायकी शर्मा नगरको बोर्डमा


हिमालयखवर संवाददाता- 
युलेस (टेक्सस)। अमेरिकाको मुलधारको राजनीतिमा नेपाली समुदाय अग्रसर हुनुपर्छ भन्ने आवाज उठिरहेको समयमा टेक्ससको युलेस सिटीमा नेपालीमुलकी इशा शर्मा पार्क एण्ड लिजर सर्भिसको बोर्ड सदस्यमा मनोनयन भएकी छिन् ।
 
युलेस सिटीकी मेयर लिण्डा मार्टीनले अक्टोबर २४ मा शर्मालाई दुई वर्षका लागि बोर्ड मेम्बरमा मनोनयन गरेकी हुन् । उनको मनोनयनलाई युलेस नगरको बोर्डले अनुमोदन गरिसकेको छ ।
 
उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएकी शर्माले सन् २०१० मा युनिभर्सिटी अफ न्यू–ओर्लियन्सबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् । त्यसपछि मानव संशाधन तथा नेतृत्व विकास विषयमा लुजियाना स्टेट युनिभर्सिटीबाट सन् २०१७ मा मास्टर्स गरेकी छिन् । 
 
सपरिवार युलेसमा बस्दै आएकी शर्माको मनोनयनले नेपाली समुदाय खुशी भएको छ । ‘यो हाम्रो लागि गर्वको विषय हो, हामीले अघि बढ्ने यसैगरि हो,’ नेपाली समुदायका अगुवा प्रभात दीक्षितले भने । 
 
युलेस सिटीमा ठूलो संख्यामा नेपालीहरु घर किनेर बसेका छन् । डिएफडब्लु अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएको, शान्त र हरियाली, नेपाली समुदायको ठूलो बसोबास भएको हुँदा धेरै नेपालीहरु यो सिटीमा बस्दै आएका छन् ।