हिमालयखवर संवाददाता-
अमेरिकाको (पेन्सलभानिया)। अमेरिकाको पेन्सलभानिया राज्यको पिट्र्सवर्ग स्थित ट्री अफ लाईफ स्यानगगमा यहुदीजातीको पुजास्थलमा शनिवार विहान एक सन्काहाले गोली चलाउंदा ११ जनाको मृत्यु भएको छ । शुरुमा प्रहरीले ४ जनाको मृत्यु भएको र गोलीवाट करिव एक दर्जन घाइते भएको जानकारी दिएको थियो । पछि मृतकको संख्या वढेको हो ।
द वासिंटन पोष्टले ११ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै जानकारी दिएको हो ।
गोली चलाउनेलाई पिट्सवर्ग प्रहरीले धेरा हाली पक्राउ गरेको संचार संस्था सीएनएनले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई स्थानिय अस्पतालमा लगिएको थियो । गोली चलाउनेको पहिचान खुलेको छ । ती संदिग्ध व्यक्ति ४६ बर्षका रोवर्ट ब्रोयर्स भएको स्थानिय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
जुईस विरोधी अभिव्यक्ति दिदैं उनले गोली चलाएको स्थानिय प्रत्यक्षदर्शीले जनाएका छन् । मृत्यु हुनेमा जुईसहरु छन् । उक्त गोलीवारीमा चार जना प्रहरीपनि घाइते भएको जनाईएको छ ।
सानो पुरातवादी वस्ती रहेको उक्त स्थानमा गोली चलेपछि त्यहांको प्रहरीले स्थानियलाई घर भित्रै रहन भनेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले टुईट गर्दै यो घटना प्रति आफु जानकार रहेको वताएका छन । पेन्सलभानियाका गभर्नर टम वोल्फले त्यहां संवेदनशील स्थित सृजना भएको र प्रहरीले सहयोग गरिरेको वताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेंजामिन नेतान्यूहुले यो घटनामा आफु अमेरिकी राष्ट्रपतिको पक्षमा रहेको वताएका छन् । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया