मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सोमा नेपाली समाजद्वारा ‘दशैँ शुभकामना आदान-प्रदान कार्यक्रम’ सम्पन्न

टेक्सोमा नेपाली समाजद्वारा ‘दशैँ शुभकामना आदान-प्रदान कार्यक्रम’ सम्पन्न


ड्यालास । टेक्सोमा नेपाली समाज, शेरमन टेक्सासले शनिबार साँझ हिन्दुहरुको महान चाड विजया दशै २०७५ को अवसरमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्यो। 
 
टेक्सोमा नेपाली समाजका जेष्ठ सदस्य हरिप्रसाद सापकोटाको अध्यक्षता भएको उक्त कार्यक्रममको आतिथ्यता ओएनअफ उपाध्यक्ष यमुना भट्टराई, एएनएका महासचिव विजयराज भट्टराई, इन्द्रेणी सांस्कृतिक संघ का अध्यक्ष ताराप्रसाद भुसाल र स्थानीय सिटी काउन्सिल मेम्बर शोल्ड़ोंन डेनिएलले गरेका थिए ।
 
टेक्सोमा नेपाली समाज, सरमन टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले संचालन गर्नुभएको उक्त कार्यक्रम साँझ ७ बजे सुरु भइ रातिको १२ बजेसम्म चलेको थियो। 
 
अर्भिङ्ग स्थित नेपाली मन्दिर तथा नेपाली समाजबाट लगभग ८० माइल उत्तर पर्ने यस शेरमन शहरमा ३५ देखि ४० नेपाली परिवार तथा केही बिध्यार्थीहरु बस्ने जानकारी समाजका अध्यक्ष राजेन्द्र वाग्लेले बताए ।
 
स्थानीय नेपालीहरुका दशैँ साँझ मनाउन केही भारतीय र अमेरिकनहरू समेत कार्यक्रममा उपस्थित थिए। लगभग एकसयको हाराहारीमा भेला भएको उक्त कार्यक्रमको पहिलो चरणमा कार्यक्रमका अतिथीहरुले बिजया दशैकोको शुभकामना मन्तब्य दिएका थिए । दोश्रो चरणमा सांगीतिक नृत्य तथा डिजे प्रस्तुत गरिएको थियो।