मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन

गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन


काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनरत प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग्दै सिंहदरबारको दक्षिणी गेटअगाडि प्रदर्शन गरेका छन् ।
 
बलात्कारका दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरिएको हो ।
 
बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान निषेधित क्षेत्र घोषणा गरिएको दक्षिणी गेटमा प्रदर्शन गरेका छन् । 
 
प्रदर्शनकारीले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालमाथि समेत आक्रोश पोखेका छन् । निर्मला पन्त हत्या प्रकरणमा सरकारले कुनै उपलब्धि हात पार्न नसकेको र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको प्रदर्शनकारीको आरोप छ ।
 
गृहमन्त्रीको राजीनामा माग्दै गेटमा प्रदर्शन भइरहँदा नेकपा निकट विद्यार्थी नेताहरूले प्रहरी महानिरीक्षक खनाललाई बर्खास्त गर्न माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

शेयर गर्नुहोस:

0
Shares